८ बैशाख २०८१, शनिबार

जुनकिरीले अध्यारोमा कसरी उज्यालो दिन्छ ?


जुनकिरी
Gopal Bhandari
गोपाल भण्डारी

जुनकिरीलाई तपाई हामी आफ्नो घर वरपर टिमटिमाउँदो उज्यालो छर्दै उडिरहेको देख्दछौं । प्रायः जसो वर्षाको समयमा साँझपख हाम्रो वरपरि वोटविरुवाको हरियाली प्रति विशेष आकर्षित हुने कुरा अध्ययनबाट पत्ता लागेको छ । जुनकिरीका ८० भन्दा बढी प्रजातीहरु हुन्छन् । यो सबै प्रजातिको आका, प्रकार, वर्ण र भार आदि भन्दा भिन्दै प्रकारको हुन्छ । जुनकिरीको प्रकाश पनि निकै तेजिलो हुन्छ ।

एक अध्ययनबाट पत्ता लागे अनुसार जुनकिरीको प्रकाश एउटा सामान्य मैन बक्तिको प्रकाश भन्दा ३० गुणा बढी तेजिलो हुन्छ भन्ने कुरा थाहा भएको छ । जुनकिरीको शरीरको पछाडीपट्टीको छालाको तलतिरको भागमा एक प्रकारको थैली हुन्छ । जसलाई ट्रिगर भनिन्छ । ट्रिगर थैलिमा एक विशेष किसिमको रासायनिक पदार्थ सञ्चालिन हुन्छ । ट्रिगरबाट निक्सने रासायिक पदार्थको नाम हो लुसिफेरिन (Luciferin)। जब यो लुसिफेरिन  नामक इन्जाइम अक्सिजनसँग मिल्न गई त्यसले प्रकाश उत्पन्न गर्दछ तसर्थ हामी जुनकीरीले उज्यालो दिएको देख्छौं ।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

प्याज काट्दा किन आँशु आउँछ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !