७ बैशाख २०८१, शुक्रबार

मानसिक असन्तुलित बिरामीलाई किन लगाइन्छ बिजुलीको झट्का ?


बिजुलीको झट्का

जब कसैको दिमागी सन्तुलनमा खराबी देखिन्छ तब सोको उपचारका लागि किन उसमाथि विद्युतको झट्का लगाइन्छ । किन सजिलै भनिन्छ कि विद्युतको झट्काबाट दिमान सन्तुलनमा आएँछ र असन्तुलन ठीक हुन्छ ? आफ्ना बिरामीहरुलाई करेन्टको झट्का लगाउँदा आपत्ति जनाउने वा विरोध गर्नेहरुका लागि हालसालै प्रकाशित एउटा शोधले उपयुक्त जवाफ दिएको छ ।

एबरडिन विश्वविद्यालय शोधकर्ताहरुले बिरामीलाई करेन्टको झट्का दिंदा उसको मस्तिष्कको दुई अलग अलग भागको बीचमा सम्बन्ध स्थापित हुने र अन्य अनावश्यक सम्बन्धलाई टुटाएर मस्तिष्कलाई सन्तुलनमा राख्न सघाउ पुयाउने निष्कर्ष निकालेका छन् । करेन्ट प्रवाह गरिने मध्येको एउटा भाग जसले व्यक्तिको ‘मूड’ निर्धारण गरिरहेको हुन्छ भने अर्काे भागले सोच विचार गर्ने र ध्यान केन्द्रित गर्ने काम गरिरहेको हुन्छ । मस्तिष्कमा असन्तुलन देखिएको अवस्था प्रयोग गरिने करेन्टको प्रवाहले सो सम्बन्ध र सम्पर्कलाई ताजा बनाउन मद्दत पुयाउने शोधको ठम्याई छ ।

प्रोसिडिंग्स् अफ द नेशनल एकेडमी अफ साइन्स (पीएनएउस) मा प्रकाशित सो शोधको नेतृत्व गर्नेमध्ये उक प्राध्यापक इयान रिड उपचारको यो विधि विवादित हुनुको प्रमुख कारण उपचार कसरी हुन्छ भन्ने जानकारी आम व्यक्तिलाई नहुनु भएको बताउँदै ‘मस्तिष्क र करेन्टको झट्काबीचको सम्बन्धबारे जानकारी भए यो उपचार विधिमाथिको विवाद समाधान हुनसक्ने’ बताउँछन् ।

रिडको ठहर र मस्तिष्कको असन्तुलनको उपचार गर्न करेन्टको झट्का सबैभन्दा प्रभावकारी उपचार विधिमध्ये एक हो । मानसिक रोगीका लागि मात्र नभई अन्य औषधी सेवन गरिरहेको हकमा पनि यसले ७५ देखि ८५ प्रतिशतसम्म रोगीहरुको उपचार सम्भव बनाइरहेको पनि शोधमा उल्लेख छ । सो शोधलाई इम्पेरियल कलेज अफ लण्डनमा प्राध्यापक डेविट नटले पनि ज्यादै महवपूर्ण रहेको टिप्पणी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !