७ बैशाख २०८१, शुक्रबार

पेट्रोल (Petrol) भनेको के हो ?


पेट्रोल

पेट्रोल मोटरसाइकल, कार तथा ट्याक्सिमा प्रयोग गरिने एक प्रकारको अति प्रज्वलनशिल तरल प्राकृतिक इन्धन हो । यसको रसायनशास्त्रको भाषामा अल्केनहरूको (Alkanes) संमिश्रण हो । पेट्रोलमा पाइने अल्केनहरूमा ६ देखि १२ कार्बनका परमाणुहरु विद्यमान हुन्छन् । यी कार्वनका अणुहरू लहरे वा हाँगाविंगा बनाएर हाइड्रोजनसित संयोजन भएर बसिरहेका हुन्छन् । उदाहरणको निम्ति हेप्टेनलाई लिउँ । यसमा सातवटा कार्वनका परमाणुहरू लहरै रहेका हुन्छन् र यी कार्वनसित हाइड्रोजन संयोजन भएर बसिरहेका हुन्छन् ।  त्यस्तै पेट्रोलमा पाइने अर्को अल्केन ISO-octane हो । जसमा ८ वटा कार्वनका अणुहरू हाँगाविँगा वनाएर हाइड्रोजनसित संयोजन भएर बसिरहेका हुन्छन् ।

आइसो अक्टेनलाई मोटरकारमा प्रयोग गर्दा राम्ररी जल्छ र मोटरकारको इन्जिनलाई धक्का नदिईकन मोटरकार चल्छ । तर हेप्टेन मोटरकारको इन्जिनमा प्रयोग गर्दा एकनाससंग जल्दैनन् र यसले मोटरकारको इन्जिनलाई नराम्रो संग धक्का दिन्छ । मोटरकारमा प्रयोग हुने इन्धनको गुणस्तर त्यस इन्धनले इन्जिनमा कति मात्रामा धक्का दिन्छ हेरेर नापिन्छ र पेट्रोलको गुणस्तर निर्धारण गर्न अक्टेन संख्याको प्रयोग गरिन्छ । इन्जिनलाई धक्का नदिई मजासंग बल्ने इन्धन Iso–Octane लाई अक्टेन नम्बर १०० दिइएको छ र मोटरकारको इन्जिनलाई अत्यधिक धक्का दिन Heptane लाई अक्टेन नम्वर ० (शुन्य) दिइएको छ ।

यदि ५० प्रतिशत हेप्टेन र ५० प्रतिशत आइसो अक्टेन मिसाइयो भने एक प्रकारको पेट्रोल बन्छ जसको अक्टेन नम्बर ५० हुन्छ । पेट्रोलको अक्टेन नम्वर बढाउन एउटा तरिका छ । त्यो हो सिसाको खतरनाक र विषाक्त यौगिक Tetraethyl lead पेट्रोलमा थप्ने । जुन इन्धनको अक्टेन नम्बर बढी हुन्छ त्यो त्यतिनै राम्रो प्रकारको इन्धन मानिन्छ । यदि पेट्रोलमा टेट्राइथाइल लिड केहिमात्र थपि दिएमा सो पेट्रोल अक्टेन नम्वर बन्न जान्छ र इन्जिनलाई धक्का नदिई मजाले पेट्रोल जलेर मोटरलाई आवश्यक शक्ति प्रदान गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !