७ बैशाख २०८१, शुक्रबार

बिरालोले राती कसरी आँखा देख्छ त ?  


बिरालोले राती कसरी आँखा देख्छ त ?  
Ram Thakuri
राम ठकुरी

हामीले राती बिरालो सक्रिय रहेको, यताउति सजिलै हिड्डुल गरेको, आपसमा झगडा गरेको र मुसा मार्दै हिडेको देख्दै आएका छौ । मानिसको बस्तीमा रहने बिरालो मात्र नभएर जंगलमा पाइने बिरालो बर्गका अन्य खतरनाक जन्तुहरु जस्तै सिंह, बाघ, चितुवा आदि पनि दिनभरी सुतेर समय बिताउने अनि रात् परेपछि सक्रिय भएर हिडेको दृश्य विभिन्न टेलिभिजनमा प्रशारण गरिएको देख्दै आएका छौं ।

बिरालोले राती आँखा देख्नुको कारण त्यसको आँखाको बनावट नै हो । बिरालोको आँखाको रेटिनाको पछाडीपटि अर्को छुट्टै बिशेष प्रकारको Tapetum Lucidum  नामक पत्र रहेको हुन्छ जसले प्रकाशलाई पराबर्तन गरी पुन: रेटिनामा पुर्याइदिन्छ जसको कारणले गर्दा बिरालोल राती हामीले देख्न नसक्ने बस्तु पनि देख्दछ । बिरालोको यो गुणलाई यिनमा भएको अनुकुलताको लक्ष्यण पनि भनिन्छ । अनुकुलताको लक्ष्यण भन्नाले जीवहरुको वातावरणसंग घुलमिल भएर सजिलै बाच्न सक्ने क्षमता बुझिन्छ । मानिसले जुन प्रकाशमा बस्तु देख्न सक्छ त्यो भन्दा १० गुणा कम प्रकाशमा पानि यी बिरालो जातिका जन्तुहरु सजिलै बस्तुहरु देख्न समर्थ हुन्छन । आँखाको यहि बनावटको कारणले गर्दा नै राती थोरै प्रकाश पर्दा पनि बिरालोको आँखा टल्किएको हो ।

*रसायनशास्त्रमा स्नातकोत्तर तह (एमएस्सी) गरेका राम ठकुरी नेपालपत्रका सह-सम्पादक हुन् । उनका लेखहरु बैज्ञानिक, अनुसन्धानात्मक र जानकारीमुलक हुन्छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !