१३ बैशाख २०८१, बिहिबार

आवाजको गतिभन्दा छिटो उड्ने हवाईजहाज


Super sonic plane

फाल्गुन १९, २०७२- नासाले सोमबार आवाजको गतिभन्दा पनि छिटो उड्न सक्ने हवाईजहाजको सुरुवाती डिजाइन तयार पार्नका निम्ती लकहिड मार्टिन नामक कम्पनीलाई २ करोड डलर दिएको छ ।

उक्त हवाईजहाजको डिजाईन कुनै सैन्य प्रयोगका लागि नभएर हवाई यात्रुका लागि गर्न लागिएको नासाले बताएको छ । नासाले हवाई क्षेत्रमा नयाँ आयाम ल्याउन सुरु गरेको नयाँ प्रोजेक्ट ‘एक्स–प्लेन्स’ को यो सुरुवाती चरण हो ।

नयाँ डिजाइन बनाउनुको उद्देश्य यात्रा समयलाई छोट्याउादै जहाजलाई अझ बढी सुरक्षित, शान्त र वातावरण मैत्री बनाउँदै हवाई कम्पनीहरुको कार्यक्षमतालाई चुस्तदुरुस्त पार्नु रहेको नासाका प्रशासक चाल्र्स बोल्डेन रोनाल्ड रेगन वासिङ्टन राष्ट्रिय विमानस्थल, आर्लिङ्टन, भर्जिनियामा आयोजित औपचारिक कार्यक्रममा बताए ।

आवाजको गतिभन्दा छिटो उड्ने जहाज बनाउनका लागि सबैभन्दा ठूलो चुनौती भनेको यसलाई सकेसम्म शान्त बनाउनु हो । आवाजको गतिमा उड्ने जहाजबाट आउने ‘सोनिक बुम’लाई निकै परसम्म पनि सुन्न सकिने हुादा यसलाई सक्दो कम गर्ने प्रयत्न नासाले गरिरहेको छ । जसलाई नासाले ‘लो बुम’ प्रविधि भनिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !