६ बैशाख २०८१, बिहिबार

नाष्टद्वारा वैज्ञानिकका लागि ४ नयाँ पुरस्कार स्थापना


नाष्ट प्राज्ञसभा २०७६

१८ मंसीर, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले विज्ञान र प्रविधिका क्षेत्रमा प्रतिभाको सम्मानका लागि ४ नयाँ पुरस्कार स्थापना गरेको छ । जस अनुसार रु दुई लाख राशिको ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’, रु २५ हजार राशिको ‘महिला विज्ञान तथा प्रविधि पुरस्कार’ रु २५ हजार राशिको ‘विज्ञान शिक्षक पुरस्कार’(प्लस टु सम्म), रु २५ हजार राशिको उत्कृष्ट विद्यार्थी पुरस्कार (प्लस टु सम्म छात्र-१, छात्रा-१) पनि स्थापना गरेको सो नाष्टका सचिव डा. महेश कुमार अधिकारीले जानकारी दिनुभयो । ती पुरस्कार यही मङ्सिर २० गते प्रदान गरिनेछ ।

यसअघि स्थापना गरिएका सहित विभिन्न १६ पुरस्कारबाट २७ जना वैज्ञानिक तथा प्रतिभालाई पुरस्कार गर्न लागिएको हो । सरकारले केही महिना अघि ल्याएको राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ मा प्रतिभाहरुको पहिचान, संरक्षण र प्रवद्र्धन गर्ने उल्लेख छ । प्रतिष्ठानको यही मङ्सिर १६ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा सम्पन्न ४३ औं प्राज्ञसभा बैठकले ती पुरस्कार स्थापनाको प्रस्ताव पारित गरेको थियो ।

सभाले उपचाररत प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको थियो । प्रतिष्ठानले आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम सञ्चालन गर्न रु ४३ करोड १८ लाखको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । प्रतिष्ठानको नेतृत्वमा भवन, आवास र बस्ती विकास सम्वन्धी अनुसन्धानको प्रवद्र्धन गर्ने तथा उपयुक्त प्रविधिको पहिचान र प्रविधि हस्तान्तरणको सहजिकरणका लागि “राष्ट्रिय भवन अनुसन्धान केन्द्र” स्थापनाका लागि पनि प्रतिष्ठानले पहल शुरु गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !