१३ बैशाख २०८१, बिहिबार

शुन्यताको यो करामत:अनौठो तथ्य


atom and empty space

प्रत्येक भौतिक संरचना परमाणु (एटम) मिलेर बनेको हामीले थाहा पाएकै छौं। पृथ्वीमा सबैभन्दा हलुका तत्व हाइड्रोजन हो। स्मरण रहोस्, हाइड्रोजन हामीले प्रयोग गर्ने पानीमै हुन्छ। यसको अणुको ९९.९९९९९९९९९९९९६ % भाग शुन्य हुन्छ। अब पृथ्वीजत्रो हाइड्रोजन अणुको कल्पना गर्ने हो भने यसको प्रोटोन २०० मिटर केन्द्रको वरिपरि हुन्छ। कल्पना गर्नुस् कि पृथ्वीको अर्ध-व्यास ६४०० किलोमिटर छ।

त्यसो भए बाँकी भागमा के छ त? हावा? होइन। हावामा पनि त आखिर अक्सिजन,नाइट्रोजन जस्ता ग्याँस हुन्छन्, जुनका अणु हाइड्रोजनभन्दा ठुला हुन्छन्।
त्यसो भए वस्तुहरु एक आपसबाट किन छिर्दैनन त? किनकि यिनीहरु इलेक्ट्रोस्टाटिक फिल्ड (चार्जको कारण उत्पन्न हुने फिल्ड) तैरिएका हुन्छन्। यसको अर्थ तपाईं कुर्सीमा बस्दा तपाईंले कुर्सीलाई पुरै छोएको भान पर्न सक्छ तर होइन, वास्तवमा तपाईंले कुर्सिलाई कत्ति पनि छुनु भएको हुँदैन।

अब कल्पना गरौँ, पृथ्वी भरिको मानव जनसंख्या ७ अरब छ। सबै मानिसहरु आधारभूत रूपमा अणुहरु मिलेरै बनेका छन्। यदि सबै मानिसहरुको अणुबाट शुन्य भाग हटाउने हो भने ति सबै मानिसहरुले कति ठाउँ ओगट्छन होला? जम्मा एउटा स्याउमै सबै मानिसहरु अट्छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !