८ बैशाख २०८१, शनिबार

अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भू-उपग्रह


नेपाली भू-उपग्रह

७ वैसाख, काठमाडौं । नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट-१’ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा पुगेको छ । नासाका अनुसार नेपाली भू-उपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सुरक्षित रूपमा डक भएको छ । नासाले त्यसको प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को सहकार्यमा निर्मित भू-उपग्रह नेपालको भू-उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २:३१ बजे अमेरिकाको भर्जिनिया राज्यको वाल्लोस्प टापुस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको थियो ।

अब अन्तरिक्ष कक्षमा भू-उपग्रहका पाटपुर्जाले काम गरे नगरेको अन्तरिक्षयात्रीले परीक्षण गर्नेछन् । सफल परीक्षण भए करिब डेढ महिनाभित्र पृथ्वीको कक्षमा छाड्ने योजना रहेको छ । उक्त भू-उपग्रहले ९० मिनेटमा १ पटक पृथ्वीको परिक्रमा गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !