६ बैशाख २०८१, बिहिबार

चमेरो कसरी सजिलै उड्न सक्छ अँध्यारो गुफा भित्र ?


bat

स्तनधारी जनावर (mammals) अन्तर्गत उड्न सक्ने एक मात्र जनावर हो चमेरो जुन राती मात्र सकृय हुन्छ। सामान्यतया कुनै पनि बस्तु देख्नको लागी प्रकाशको आवश्यकता पर्दछ । बस्तुमा प्रकाश परेपछी उक्त प्रकाश परावर्तन (reflection) भइ बस्तुवाट जिवको आखामा आएपछी बस्तुलाई जिवले देखदछ । तर, राती अँध्यारोमा प्रकाश शुन्य अवस्थामा पनि सजिलैसँग उडेर चमेरो आफ्नो गन्तब्यमा प्रबेस गर्न सक्दछ । चमेरोको यो गुणलाई यसमा बिकास भएको अनुकुलताको लक्षण (adaptationl feature)को रुपमा लिइन्छ ।

कसरी चमेरो नठोक्कीकन बाङो टिङो गुफा भित्र सजिलै उड्न सक्छ त?
ध्वानी (sound) भिभिन्न प्रकारका हुन्छन । मानिस लगायत अन्य जनावर र मानव निर्मित साधन र मेसिनबाट निस्कने ध्वानीको तरङ लम्वाइ ( wave length) र तिब्रता (intensity) एउटै हुँदैन । कुनै कुनै ध्वानी हाम्रो कानले सुन्न सकिदैन तर अन्य जिवले सुन्न सक्दछ ।

bat and ultrasoundअँध्यारोमा उडनु पर्ने चमेरोले एक प्रकारको ध्वानी निकाल्छ, जसलाई आल्ट्रसाउन्ड (ultrasound) भनिन्छ, जुन हामी सुन्न सक्दैनौ । चमेरो अध्यारोमा उड्दै गर्दा जव यसले उक्त आल्ट्रसाउन्ड निकाल्छ उक्त ध्वानीको तरङ्ग नजिकैको चट्टान वा बस्तुमा ठोकिन्छ र सो ध्वानीको तरङ्ग पराबर्तन भइ तत्काल चमेरोको शरिरमा प्रबेश गर्छ जसले गर्दा चमेरोले नजिकै केहि बस्तु छ भन्ने चाल पाउछ र ठोकिन बाट जोगिँदै अगाडी बढदछ । त्यस्तै अँध्यारोमा उड्दै गर्दा यसले लिकालेको अल्ट्रसाउन्ड (ultrasound) हावामा उडिरहेको किराको शरिरमा पर्न गइ ठोकिएर यसको शरिरमा आइ पुग्छ र आफ्नो सिकार पता लगाई त्यसलाई भोजन बनाउछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !