१२ बैशाख २०८१, बुधबार

विद्यालयमा सौर्य ऊर्जा जडान


solar

९ पुस, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको दुर्गम तथा विकट क्षेत्रका तीन सामुदायिक विद्यालयमा सौर्य ऊर्जा जडान गरिएको छ

विद्यालयको प्रशासनिक र शैक्षिक गतिविधिलाई प्रविधिको प्रयोग गरेर सहज, प्रभावकारी र व्यवस्थित बनाउन वातावरण मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सौर्य ऊर्जा जडान गरिएको हो ।

मालिका गाउँपालिकाको राष्ट्रिय मावि, डाँडागाउँको अमरज्योति मावि र देवीस्थानको भीम माविमा दुई किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरी विद्युत् आपूर्ति गराइएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।

केन्द्रले एउटा विद्यालयका लागि चार लाख रु ५७ हजार ८९० अनुदान उपलब्ध गराएको थियो । सोलार ढुवानी र जडानका लागि विद्यालयले आन्तरिक स्रोत परिचालन गरेका थिए । सौर्य ऊर्जा जडान भएपछि विद्यालयमा कम्प्युटर कक्षा र विज्ञान प्रयोगशाला सञ्चालन, प्रशासनिक काम र अन्य शैक्षिक गतिविधिमा सहज भएको भीम माविका प्रअ डम्बर घर्तीले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !