७ बैशाख २०८१, शुक्रबार

नेपाली साइन्स फिक्सन फिल्म ‘बिजुली मेसिन’, आवाजबाट बिजुली उत्पादनको कथा


bijuli-machine

काठमाडौँ : एक जना हिरो, एक जना हिरोइन, त्यसमा भिलेन अनि सामाजिक कथावस्तु। नेपालका अधिकांश फिल्मको विषय यही नै हुन्छ। कुनैले हसाउँछन् त कुनैले रुवाउँछन्। नेपाली फिल्मको यही परम्परागत धारभन्दा बेग्लै तर विश्वमा पहिलेदेखि चलेको साइन्स फिक्सनमा फिल्म तयार भएको छ।

‘बिजुली मेसिन’ नाम दिइएको यो फिल्मको टिजर सार्वजनिक । नेपालमा बिजुली उत्पादनका लागि वैकल्पिक स्रोतको खोजी गर्ने युवाको कथा फिल्मको विषय हो।

समारोहमा अतिथिका रुपमा निम्त्याइएका कङ्ग्रेस नेता गगन थापाले नेपालमा विज्ञान तथा प्रविधिको विकासको आवश्यकता बुझाउने चलचित्र बनेकोमा खुशी व्यक्त गरे। उनले भने,’ऊर्जा उत्पादनको खोज हाम्रो आवश्यकता हो। यो फिल्मले युवाहरुमा त्यो जोस प्रदान गर्न सक्छ भन्ने आशा छ।‘

विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्न चाहने युवाको खोजको कथा फिल्ममा देखाइने निर्देशक नविन अवालाले बताए। फिल्मको कथा पनि निर्देशक अवालकै रहेको छ।

युनिभर्सल नेपालको ब्यानरमा बन्न लागेको फिल्ममा ध्वनिबाट ऊर्जा उत्पादनका लागि संघर्षरत विद्यार्थी साइमन र अलौकिक क्षमता भएको पात्र प्रतिकको खोज, मेहनत र अन्य कृयाकलाप वरिपरी फिल्मको कथा घुम्छ।

चलचित्रमा नायक राजेश हमाल, अभिषेक सुवेदी, जीवन अधिकारी, रेलिजा श्रेष्ठ, बुद्दी तमाङ, लक्ष्मी भुषाल, कमलमणि नेपाल आदिको मुख्य भूमिका रहेको छ।

१२० मिनेट लामो फिल्मलाई रिसव आचार्य, संजिव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेले निर्माण गरेका हुन्। फिल्ममा १ करोड बराबर नेपाली रुपैयाँ लगानी भएको दाबी गरिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !