८ बैशाख २०८१, शनिबार

सिन्दुर लगाउनुको वैज्ञानिक कारण के हो ?


सिन्दुर

हिन्दु धर्ममा विवाहित महिलाले सिउँदोमा लगाइने रातो वा सुन्तला-रातो रङको पदार्थ सिन्दुर हो । हिन्दु समाजमा विवाहमा बेहुलाले बेहुलीको सिउँदोमा सिन्दुर हाल्ने चलन पहिलादेखी चली आएको छ । महिलाले लगाउने यसलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् तर यससँग जोडिएको वैज्ञानिक सत्य निकै कम मानिसहरुलाई मात्र थाहा छ ।

सदियौंदेखि विवाहिता हिन्दु महिला सिउँदोमा सिन्दुर लगाउँदैं आएका छन् । यो शिरलाई दुई भाग पारेर बीचमा लगाइन्छ । यस विन्दुलाई महत्वपूर्ण र संवेदनशील मानिन्छ । यस ठाउँमा यो लगाउनाले सधैं सर्तक र सक्रिय रहने वैज्ञानिक कारण रहेको छ । वास्तवमा यसमा ‘मर्करी हुन्छ जो एकमात्र यस्तो धातु हो जो तरल पदार्थका रुपमा पाइन्छ । यसै कारणले सिउँदोमा यो लगाउँदा दिमागमा शितलता मिल्ने तथा तनावमुक्त रहन सकिने वैज्ञानिक कारण छ ।

विश्वमा हिन्दुहरूको रीतिरिवाज, संस्कृति र भनाइलाई लिएर वैज्ञानिकहरूले यसको मुख्य वैज्ञानिक कारण खोजिरहेका छन्। विवाहपछि नै किन लगाइन्छ त सिन्दुर ? यो विवाह पछिमात्रै लगाउने हिन्दू परम्परा र मान्यता हो । विवाहित महिलाले यो लगाउने प्रचलन छ किनभने विवाहपछि महिलामा तनाव, समस्या र जिम्मेवारी सयौँ गुणा बढ्दछ । यसैले महिलाको दिमाग शान्त राख्न र व्यवस्थित राख्न अत्यन्तै जरुरी भएकोले यो लगाउने प्रथा नै बनेको पाइन्छ । हिन्दू मान्यता अनुसार बाङ्गो सिउँदो काढ्नु हुँदैन, सिन्दुर छरेर लगाउनु हुँदैन, सिउँदो जसले सिधा काढ्न जान्दछ त्यो राम्रो भन्ने जस्ता मान्यतालाई पनि माथिको वैज्ञानिक कारणले पनि पुष्टि गर्दछ ।

पहिले-पहिले सिन्दुर बेसार र एलुम वा चुनवाट बनाइन्थ्यो भने आजकल सिन्दुरमा बेसार (Turmeric), चुन (Lime) र सिनबार (Mercury(II) Sulfide) को समिश्रणबाट बनाइन्छ । पारो (Mercury) को अन्तर्निहीत गुणले रक्तचापलाई नियन्त्रण गर्नु साथसाथै यौन चाहनाप्रति उत्प्रेरित गर्ने भएकोले एकल तथा अविवाहित महिलाहरुलाई सिन्दुर लगाउन बर्जित गरिएको हो । सिन्दुरलाई शरीरको यस्तो भागमा लगाइन्छ (Pituitary Gland को माथिल्लो भाग), जहाँ महिलाहरुको अनुभूतिहरु केन्द्रित हुन्छन् । पारोले हाम्रो शरीरको तनाव कम गर्न पनि यथेष्ट सहयोग गर्दछ ।

यो पनि पढ्नुहोस् 

विवाहिता महिलाले मंगलसुत्र लगाउनाको वैज्ञानिक कारण के हो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !