७ बैशाख २०८१, शुक्रबार

विवाहिता महिलाले मंगलसुत्र लगाउनाको वैज्ञानिक कारण के हो ?


मंगलसुत्र

हिन्दु समाजमा विवाहिता महिलाले मंगलसुत्र लगाउने चलन छ । केही महिलावादी संगठनका महिलाले दासताको प्रतीक भएको भन्दै यो नपहिरने घोषणा गरेका छन् । बिहे गरेपछि पुरुषले कुनै गहना र प्रतीक लगाउनु पर्दैन किन महिलाले मात्र बिहे गरेको चिन्ह यो लगाउनुपर्ने भन्ने  तर्क छ ।

विवाहलाई एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा हेरिन्छ । मनुस्मृतिले विवाहलाई दुई आत्मा बीचको पवित्र मिलन भनेको छ । आफूले चाहेर मात्र नहुने, विवाहका लागि सूर्य भगवानले नै तोकिदिएको हुने कुरा उक्त स्मृतिमा चर्चा छ । स्कन्धपुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यही विचारलाई समर्थन गरेको छ ।

मानिन्छ कि मंगलसुत्र  लगाउनाले रक्तचाप नियमित हुन्छ । भनिन्छ कि हिन्दु महिला धेरै शारारिक श्रम गर्ने भएकाले उनीहरुको ब्लड प्रेसर नियन्त्रित हुन आवश्यक छ । जानकारहरु सल्लाह दिने गरेका छन्, मंगलसुत्र लुकाइएको हुनुपर्छ । यसका पछाडिको विज्ञान के छ भने यो शरीरसँग टच हुनुपर्छ ताकि उसले धेरै भन्दा धेरै प्रभाव पार्न सकोस ।

यो पनि पढ्नुहोस् 

सामाजिक अभिमत – तपाईको विचारमा विवाह भनेको के हो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !