१३ बैशाख २०८१, बिहिबार

कुखुरी पहिला कि अण्डा ? यस्तो छ वैज्ञानिकहरुको उत्तर


कुखुरी पहिला कि अण्डा

विश्वमा कुखुरी पहिला कि अण्डा ? विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ । वैज्ञानिकहरुले धेरै यस्ता अनुत्तरित प्रश्नहरुको उत्तर समय-समयमा दिरहेका हुन्छन । विज्ञान एक व्यवस्थित ज्ञान हो जसले ब्रह्माण्डका बारेमा परीक्षणयोग्य ब्याख्या र भविष्यवाणीहरूको ज्ञानलाई स्थापित र व्यवस्थित बनाउँछ । कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई विज्ञान भनिन्छ । विज्ञान हाम्रो जीवनको लगभग हरेक पक्ष भाग हो । विज्ञान, सूचना प्रविधिको प्रगतिले संसारभरि जीवन परिवर्तन गरेको छ । आधुनिक सभ्यतालाई विकास गरी आजको स्थितिमा ल्याउन विज्ञान-प्रविधिको सबैभन्दा ठूलो योगदान छ ।

विश्वमा कुखुरी पहिला कि अण्डा ? भन्ने प्रश्नको जवाफ आजसम्म कसैले दिन सकेका थिएनन । यो प्रश्न मानिसहरु वीच जहिले पनि विवादमा रहेको थियो । तर अहिले बैज्ञानिकहरुले यो प्रश्नको हल निकालेका छन् । संसारमा कुखुरी नै पहिला आएको थियो र पछि त्यसले अण्डा दिन शुरु गरेको बैज्ञानिकहरुले दावी गरेका छन् । व्रिटेनको बैज्ञानिकले यसबारे पक्का प्रमाण जुटेको बताएका छन् ।

इंग्लैंडको शेफील्ड र वारविक यूनिभर्सिटीका बैज्ञानिकहरुको अनुसार अण्डाको छिल्कामा एक महत्वपुर्ण प्रकारको प्रोटीन हुन्छ । जुन कुखुरीको अण्डासयबाट मात्र उत्पादन हुने गर्छ । त्यसकारण पहिला कुखुरी आएको र पछि अण्डा बनेको उनीहरुको दावी रहेको छ । वैज्ञानिकलाई यसबारे पहिला नै जानकारी थियो कि ओसी-१७ नामक प्रोटीनले अण्डाको खोल बनाउन प्रमुख भुमिका खेल्छ । नयाँ प्रबिधिको प्रयोग गर्दै ओसी-१७ कसरी बन्छ भनेर उनीहरुले अध्ययन गरेका थिए ।

जब क्यालसियम कार्बोनेटसँग ओसी-१७ मिल्छ तब अण्डाको खोल बन्ने गर्छ । यसपछि प्रश्न उठ्यो कि कसरी कुखुरी कसरी जन्मियो । वैज्ञानिकहरुले भनेका छन, ‘अण्डा दिने चराहरुको अन्य प्रजाति समागले कुखुरालाई जन्म दिएको हो’ । यस नतिजामा धेरै ठुलो सफलता मिलेको शफीफिल्डका प्रोफेसर जोन हर्डिङले बताएका छन् । उनले अण्डाको खोल कसरी निर्माण हुन्छ भने अध्ययनका कारण पनि सफलता मिलेको तर, यो निकै चुनौतीपुर्ण रहेको उनले बताएका छन् ।

यो पनि पढ्नुहोस् 

आलुबाट यसरी निकाल्न सकिन्छ बिजुली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !