४ बैशाख २०८१, मंगलबार

आलुबाट यसरी निकाल्न सकिन्छ बिजुली


Potato energy

हामी नेपालीहरु प्राय सबैको भान्सामा आलु पाक्छ । यसका अलावा आलुबाट बिजुली समेत निकाल्न सकिन्छ । त्यसको लागि दुईवटा धातुको पाताको आवश्यकता पर्छ । पहिला एनोड जुन नेगेटिभ इलेक्ट्रोड हो । त्यो जस्ताको पाता हुनुपर्छ । त्यसैगरी दोस्रो क्याथोड, जुन पोजेटिभ इलेक्ट्रोड हो यो तामाको हुनु जरुरी छ ।

आलुको भित्र रहेको एसिड, तामा र जस्ताको पाता एक आपसमा रसायनिक प्रतिक्रिया हुन्छ । जब इलेक्ट्रोन एक पदार्थबाट दोस्रो पदार्थ तर्फ जान्छ जसले उर्जा उत्पादन गर्छ ।

त्यसको लागि सबै भन्दा पहिले आलुलाई करिब आठ मिनेट जति उमाल्नुपर्छ । त्यसपछि त्यो आलुलाई चार पाँच टुक्रा पारेर त्यसमा तामा र जस्ताको पाता गाड्नुपर्छ । बैज्ञानिक राबिनोविचका अनुसार यसरी निकालिएको विद्युतको भोल्टेज कम हुन्छ तर यसलाई यस्तो व्याट्रीको रुपमा प्रयोग गर्न सकिन्छ जसले मोबाइल ल्यापटप चार्ज गर्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !