१३ बैशाख २०८१, बिहिबार

अल्वर्ट आइन्स्टाइनको विज्ञान क्षेत्रमा योगदान


अल्वर्ट आइन्स्टाइन
Gopal Bhandari
गोपाल भण्डारी

विलक्षण प्रतिभका धनी व्यक्तित्वका रूपमा परिचित महान् बैज्ञानिक अल्वर्ट आइन्स्टाइन वीसौं शताब्दीका शिखर पुरुष हुन् । संसारमा केही यस्ता व्यक्ति जन्मन्छन्, जसको असाधारण प्रतिभा र योगदानले विश्व र मानव समाजमा अमिट छाप छाडेको हुन्छ । उनले विश्वलाई मानव दृष्टिकोणमा जुन प्रकारको परिवर्तन ल्याए, त्यस्तो अरू कुनै पनि वैज्ञानिकहरूले आजसम्म ल्याएका छैनन् । उनले विज्ञानको क्षेत्रमा मात्र नभई विश्वको राजनीति, धर्म, कला र संस्कृतिका क्षेत्रमा समेत ठूलो परिवर्तन ल्याए ।

आइन्स्टाइन एक महान् भौतिकशास्त्री मात्र नभई एक ठूला चिन्तक, आदर्शवादी, दार्शनिक, परोपकारी अन्तर्राष्ट्रिय सद्भावनाका पक्षपाती राजनेता पनि थिए । जुन कुराहरूको मूल्यांकन गर्दै प्रसिद्ध अमेरिकी साप्ताहिक पत्रिका टाइमले आइन्स्टाइनलाई २० औं शताब्दीका शताब्दी पुरुष छानेको थियो । भनिन्छ उनको सापेक्षतावाद सिद्धान्त प्रतिपादन हुँदा त्यसलाई बुझ्ने मानिस विश्वभरी करीव एक दजर्न मात्र थिए । उनलाई अहिलेसम्मको इतिहासको सबैभन्दा ठूलो मानव मस्तिष्क भएको मानिसको रूपमा चिनिन्छ ।  आइन्स्टाइनले विज्ञानमा मात्र नभई समस्त चिन्तनको क्षेत्रमा प्रभाव पार्ने एक महान् युगान्तकारी र दुरगामी खालको क्रान्ति गर्नुभयो । विज्ञान जगतमा आइन्स्टाइनको योगदानहरूलाई निम्न अनुसार वर्णन गर्न सकिन्छ ।

१. सापेक्षतावादको सिद्धान्त (Theory of Relativity)

सापेक्षतावादको सिद्धान्त भनेको एक वस्तुको गतिले अर्को वस्तुको गतिमा देखा पर्ने असर हो । महान् वैज्ञानिक अल्वर्ट आइन्स्टाइनका सापेक्षतावादको सिद्धान्त कै एक मूलभूत महत्वपूर्ण र क्रान्तिकारी कुरा पनि समय सापेक्ष हुन्छ भन्ने विचार हो । जसमा सबैको लागि एटर्उै अथवा निरपेष भई यो पनि सापेक्ष कुरा हो । सापेक्षतावादको सिद्धान्त अनुसार ब्रम्हाण्डमा सम्पूर्ण गति, वस्तु, घटना आदि सापेक्ष हुन्छन् र यी सबै प्रकाशको परम गतिसँग सम्वन्धीत रहन्छन् । उनको सापेक्षतावादको सिद्धान्तलाई दुई भागमा विभाजन गरिएको छ । (१) विशेष सापेक्षतावादका सिद्धान्त (Special Theory of Relativity) र (२) सामान्य सापेक्षतावादको सिद्धान्त (General Theory of Relativity) । यस अघिसम्म संसारले अर्का महान् वैज्ञानिक न्यूटनको समय निरपेक्ष हुन्छ अर्थात समय दाँजोमा आउने चीज नभई सबैको लागि उही र उहाँ हुने कुरो हो भन्ने विचार नै मान्दै आएको थियो । आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तले विश्व ब्रम्हाण्डमा कुनै पनि चीज निरपेष छैन भन्ने कुराको पृष्टि गर्छ । त्यसले लम्बाइ, शक्ती, स्थान वा अन्तरिक्ष समय र गति सबै कुराहरू सापेक्ष हुन् भन्ने पुष्टि गर्छ । सापेक्षतावादका सिद्धान्तले हाम्रो सम्बन्धमा रहेका बस्तुहरूको स्वभावको यथार्थ वर्णन हाम्रो ज्ञानको सीमाको सापेक्षतामा मात्र सम्भव हुन्छ भन्ने कुरा बुझाउँछ ।

२. आइन्स्टाइनको प्रकाश विद्युतीय असर (Einstein’s Photoelectric Effect)

उनले आफ्नो यस सिद्धान्तमा प्रकाशको विद्युतीय असरको बारेमा विस्तृत रूपमा व्याख्या गरेका छन् उसमा उनले पदार्थमा विद्युतीय धार (Electric Current) को उत्पादन कसरी हुन्छ भन्ने बारेमा वर्णन गरेका छन् । यसमा जन पोटासियम, टड्ढसटन जस्ता धातुमा प्रकाश ढाकिन्छ, तब ती धातुबाट इलेकट्रोन बाहिर निस्कन्छ । त्यस्ता इलेक्ट्रोनलाई फोटो इलेक्ट्रोन र तयो असरलाई फोटो विद्युतीय असर (Photoelectric Effect) भनिन्छ । यसै महान् कार्यको कदर स्वरूप उनलाई सन् १९२१ मा भौतिक शास्त्रतर्फको नोवेल पुरस्कार प्रदान गरियो । यसै नियमको प्रयोगबाट नै सोलार सेल (Solar Cell) को विकास भएको हो र सौर्य ऊर्जालाई आजको बैकल्पिक ऊर्जाको रूपमा लिन सकिएको हो ।

३. कणहरूको ब्राउनियमन गति (Brownian Motion of Particles)

यस सिद्धान्त अनुसार परमाणु (Atom) र अपारमाणिक कणहरू (Sub-atomic Particles) जहिले पनि जथाभावी वा दिशाविहीन (Random) तर नागवेली वा बक्र गति (Zig-Zaz Motion) मा घुमिरहेका हुन्छन् । यसरी घुम्दा एक वस्तुको अर्को वसतुसँग स्थिति स्थापक ढक्का (Elastic Collision) हुन्छ भन्ने हो ।

४. एकिकृत भौतिक सिद्धान्त (Unified Field Theory)

सन् १९२० को अन्त्यतिर विद्युत–चुम्बकीय (Electromagnetism) र गुरुत्वाकर्षण (Gravitation) को प्रकृतिको संयोजन गरी (Unified Field Theory) नामक उत्कृष्ट सिद्धान्तको परिकल्पना गरेका थिए । यो सिद्धान्त उनले ब्रम्हाण्ड परिचालन सम्बन्धी नियमहरूलाई उद्धृत गर्ने उद्देश्यले प्रतिपादन गरेका हुन् । जसमा गुरुत्वाकर्षण र विद्युतीय चुम्कतत्व तथ्यको संयोजन गरिएको छ । उनको यो सिद्धान्त भौतिक विज्ञानको क्षेत्रमा अत्यन्तै चूनौतीपूर्ण र गहन ठानिन्छ । आज विश्वका थुपै वैज्ञानिकहर आइन्स्टाइनको यो सपनालाई पूरा गर्न लागि परेका छन् ।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ ।

यो पनि पढ्नुहोस् 

अल्फ्रेड नोबेलको विज्ञान क्षेत्रमा योगदान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !