४ बैशाख २०८१, मंगलबार

युरेनियम (Uranium) भनेको के हो ?


युरेनियम

युरेनियम परमाणु संख्या ९२ भएको एक रासायनिक तत्व हो । युरेनियम प्रकृतिमा पाईने तत्वमध्ये सबैभन्दा बढी २३८ पारमाणविक भार भएको रेडियोधर्मी धातु हो । यो तत्वको खोज जर्मन रसायनविद मार्टिन हेनरिक क्लप्रोथले गरेका थिए ।

लगातार ऊर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको आयु सयौँ वर्षसम्म हुन्छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रति युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ ।

विशेषज्ञहरु युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ । खानीबाट निकालिएको युरेनियम ओरलाई प्रशोधन गरी एल्लो केक बनाइन्छ ।

एल्लो केक वा युरेनिया भनेको युरेनियम ओरलाई प्रशोधन गरी बनाईएको मिश्रीत युरेनियम अक्साइड्को रुप हो । यो पानीमा नघुल्ने पिरो गन्धको धुलो हो । यो २८८० डिग्रीमा पग्लन्छ र यसमा ८० % युरेनियम अक्साइड हुन्छ । एल्लो केकलाई विदेश निर्यात गर्न सकिन्छ ।

चित्र ः युरेनियम ओरलाई प्रशोधन गरी “एल्लो केक” बनाउदै
चित्र : युरेनियम ओरलाई प्रशोधन गरी “एल्लो केक” बनाउदै

ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन ।

प्रायः युरेनियम खानी भएका सबै देशमा एल्लो केक बनाइन्छ । युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन : युरेनियम-२३८ र युरेनियम-२३५ । प्राकृतिक रुपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगी प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ ।

बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फिनल्याण्ड, फ्रान्स, हंगेरी, जापान, दक्षिण कोरिया, स्लोभाकिया, स्लोभेनिया, स्वीडेन, स्विट्जरल्याण्ड र युक्रेनमा ३०% वा यो भन्दा बढी बिजुली सबै आणविक भट्टीबाट उत्पादन हुन्छ ।

काजकास्तान, क्यानडा, अष्टेलिया, नामिविया, रसिया लगायतमा मुलुकमा युरेनियमको बढी उत्पादन हुन्छ । यो धातुको विश्व बजारमा पनि उच्च माग छ, तर नेपालमा आणविक ऐन नै तर्जुमा नभएको हुँदा ऐनको तर्जुमाका साथै यसको खोजीमा तत्काल पहल गर्न जरुरी छ ।

दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा अमेरीकाले हानेका दुई शक्तिशाली एटम वमले धेरै नै ठूलो धन जनको क्षति भएको थियो । सन् १९४५ युरेनियम-२३५ बाट निमिर्त लिटिल ब्वाय र युरेनियम-२३८ बाट परिमार्जित गरी बनाइएको फ्याट म्यान नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइँदा करिब ७५ हजार मानिस मारिए भने ५० हजार भवनहरु ध्वस्त भएका थिए ।

एटम बम ज्यादै ज्वलनशील र विस्फोटक किसिमको विभाजन हुन सक्ने पदार्थ युरेनियम (Uranium) र प्युलोटोनियम (Plutonium) बाट बनाईन्छ । एटम बम विस्फोटन हुँदा एकैछिनमा एक्कासी लाखौँ डिग्री सेल्सियस तापक्रम बढ्न पुग्छ । यसमा बमको सबै भाग ग्याँसमा बदलि चाप वायुमण्डलको भन्दा लाखौँ गुणा बढी हुन्छ र वरपरको हावालाई चाप्दै यो तिव्र गतिमा फैलिन थाल्दछ ।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुन् ।

यो पनि पढ्नुहोस् 

आणविक उर्जा नेपाललाई आवश्यक किन ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !