६ बैशाख २०८१, बिहिबार

महान् बैज्ञानिक अल्वर्ट आइन्स्टाइनका अनौठा तथ्यहरू


अल्वर्ट आइन्स्टाइन

विलक्षण प्रतिभका धनी व्यक्तित्वका रूपमा परिचित महान् बैज्ञानिक अल्वर्ट आइन्स्टाइन वीसौं शताब्दीका शिखर पुरुष हुन् । संसारमा केही यस्ता व्यक्ति जन्मन्छन्, जसको असाधारण प्रतिभा र योगदानले विश्व र मानव समाजमा अमिट छाप छाडेको हुन्छ । उनले विश्वलाई मानव दृष्टिकोणमा जुन प्रकारको परिवर्तन ल्याए, त्यस्तो अरू कुनै पनि वैज्ञानिकहरूले आजसम्म ल्याएका छैनन् । उनले विज्ञानको क्षेत्रमा मात्र नभई विश्वको राजनीति, धर्म, कला र संस्कृतिका क्षेत्रमा समेत ठूलो परिवर्तन ल्याए । उनी एक महान् भौतिकशास्त्री मात्र नभई एक ठूला चिन्तक, आदर्शवादी, दार्शनिक, परोपकारी अन्तर्राष्ट्रिय सद्भावनाका पक्षपाती राजनेता पनि थिए । जुन कुराहरूको मूल्यांकन गर्दै प्रसिद्ध अमेरिकी साप्ताहिक पत्रिका टाइमले आइन्स्टाइनलाई २० औं शताब्दीका शताब्दी पुरुष छानेको थियो । भनिन्छ उनको सापेक्षतावाद सिद्धान्त प्रतिपादन हुँदा त्यसलाई बुझ्ने मानिस विश्वभरी करीव एक दजर्न मात्र थिए । उनलाई अहिलेसम्मको इतिहासको सबैभन्दा ठूलो मानव मस्तिष्क भएको मानिसको रूपमा चिनिन्छ ।

वैज्ञानिक अल्वर्ट आइन्स्टाइनले प्रतिपादन गरेको “सापेक्षतावादको सिद्धान्त” ले विश्व ब्रम्हाण्ड (Universe) सम्बन्धी त्यतिखेर सम्मको धारणामा नयाँ क्रान्ति नै ल्याइदियो । उनीद्वारा प्रतिपादित सापेक्षतावादको सिद्धान्तले अर्का महान् वैज्ञानिक न्यूटनको दुई सय वर्ष पुरानो भैतिकशास्त्रका सारा नियमहरूलाई अप्रयाप्त र संकीर्ण ठहयायो । त्यस समयसम्म सारा भौतिकशास्त्र न्यूटनका नियमहरूमा आधारित थियो । सापेक्षतावादको सिद्धान्तले भौतिक विज्ञान र खगोल विज्ञानका सिद्धान्तहरू समेत छायाँमा परेका थिए । उनको समीकरण E = mc2  प्राय: सबै विद्वान् मानिसको मन मस्तिष्कमा रहेको हुन्छ । यो सिद्धान्तको प्रयोगबाट नै आणविक ऊर्जा उत्पादन गर्न र आणविक वम बनाउन सकिएको हो । उनको यो सिद्धान्त र पाण्डुलिपि अहिले पनि “लाइब्रेरी अफ काँग्रेस” वासिङ्गटन डिसीमा सुरक्षित छ ।

समाजमा मानिसको स्थान उसको कर्मले निर्धारण गर्दछ, मानिस वहिष्कृत अथवा प्रतिष्ठित आफ्नो कर्मद्वारा हुन्छ । कुकर्म गर्न सजिलो छ । सुकर्म गर्न गाह्रो  तर सुकमले ठूला पुरस्कारहरू प्रदान गर्दछ । ब्रम्हाण्डका एउटा सानो कुनाको एउटा सानो ग्रहको छोटो घटना मानव जीवन हो । सबै मावनको जीवन इतिहासको एउटा पुस्तक हो । जीवनमा उचार चढाव आउनु मानवीय जीवनको यथार्थ हो । परिस्थितीले बाध्यता सिर्जना गर्दछ । समयको गतिसँगै मानव जीवनलाई चलाउनुपर्छ ।

उनको जीवनमा घटेका अनौठा तथ्य घटनाहरूलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।

१. आइन्स्टाइन जन्मदा एकदमै मोटो शरीर र ठूलो टाउको भएका थिए, तर जन्मेको केही हप्तापछि उनको

शरीर सामान्य आकारमा आएको थियो ।

२. उनले तीन वर्षको उमेरसम्म पनि बोल्न जानेका थिएनन् । उनको बोली नफुट्नाले कहीं मन्दबुद्धिको पो हुने

हुन कि भनेर उनका आमाबाबुहरू चिन्तित थिए ।

३. उनी कम्पासबाट प्रभावित थिए । एकदिन व्यवसायको सिलसिलामा शहर घुमेर घर फकैंदा आइन्स्टाइनका

पिताले बजारबाट एउटा दिशासूचक यन्त्र कम्पास विरामी छोराका लागि किनेर ल्याइदिए । उनी त्यो

अचम्मको वस्तु देखेर ज्यादै खुशी भएका थिए ।

४. आइन्स्टाइन विश्वविधालयको प्रवेश परीक्षामा असफल भएका थिए । १७ वर्षको उमेरमा आइन्स्टाइनले

स्विटरल्यान्डको संघीय प्रविधि संस्थानको प्रवेश परीक्षा दिए तर असफल भए । उनले गणित तथा

भौतिकशास्त्रको परक्षिामा पास गरेतापनि इतिहास, भाषा विज्ञान, भूगोलमा असफल भएका थिए ।

५. आइन्स्टनाइनको अनैतिक सम्बन्धबाट जन्मिएको बच्चा थियो । उनले मिलेवा मेरिकसाग विवाह गर्नु एक वर्ष

अघि सन् १९०२ मा भएको थियो । उनलाई आइन्स्टाइनले कहिले देखेनन् । उनको शरीरको छालामा रातो

डावर आउने एक प्रकारको सङ्क्रामक ज्वरोले मृत्यु भएको थियो ।

६. आइन्स्टाइनले उनको पहिलो श्रीमतीसँग छुट्टिएर बसेपनि एउटा अनौठो कवुलियतनामा गरेका थिए । जुन

अनुसार उनको श्रीमतीले गर्नुपर्ने कामहरू :

(१) उनका लुगा र लुगा धुने मेशिन राम्रोसँग मिलाएर राख्नुपर्ने ।
(२) उनको कोठामा दैनिक नियमित रूपमा तीन पटक खाना ल्याउनुपर्ने ।
(३) उनको सुत्ने र पढ्ने कोठा सफा राख्नुपर्ने ।

उनले यी आदि जस्ता अवस्थाहरू स्वीकार गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !