१२ बैशाख २०८१, बुधबार

खगोल बिज्ञान र नेपालमा यसको अवस्था


राती अन्तरिक्षवाट देखिएको नेपालको केन्द्र भाग
Gopal Bhandari
गोपाल भण्डारी

ग्रह, तारा, सौर्यमण्डल, तारापुञ्ज तथा अन्य दृश्य र अदृश्य खगोलिय पिण्डहरूको अध्ययन र अवलोकन गर्ने बिज्ञानलाई खगोल बिज्ञान भनिन्छ । खगोल बिज्ञान मानवजातिको धेरै पुरानो विज्ञान हो । यसको शुरुवात लिखित इतिहास भन्दा धेरै पुरानो छ । अग्ला हिमश्रृङ्खलाका कारण अन्तरिक्षबाट हेर्दा पृथ्वीको मानचित्रमा अन्य धेरै ठाउँ जस्तै सजिलै देखिने नेपाल पनि एक हो । मानव सिर्जित भौगोलिक सीमा नदेखिएपनि नेपाल कहाँ पर्छ भनेर खोज्ने हो भने यहाँका हिमालहरु स्पष्ट देखिने अन्तरिक्ष यात्रीहरुले बताएका छन् ।

खगोल बिज्ञानको शुरुवात मानव इतिहासको शुरुवात सगँसगैँ भएको मानिन्छ । प्राचीनकालमा मानिसले रातको समयमा अन्य जनावर सुतिरहेको बेला शिकार गर्न चन्द्रमाको उज्यालो प्रयोग गर्दथे भने दिनको गणना गरी कहिले पूर्णिमा आउछ पत्तो पाउदथे । पछि किसानहरूले बाली लगाउने र काट्ने समयको किटान आकाशीय पिण्डको स्थिति हेरेर गर्न थाले । त्यसपछि व्यापारी तथा नाविकहरूले दिशा पत्तो लगाउन आकाशीय पिण्डको स्थिति नै प्रयोग गर्न थाले । यसरी युगौँदेखि मानिसले आफ्नो जीवन धान्न खगोल विज्ञानको प्रयोग गरिरहेका छन ।

आकाशीय अवलोकन गर्दा आकाशीय पिण्डहरूको पेरियोडीक मोसन हुने भएकोले यिनीहरूलाई सामान्य गणितबाट नाप्न र पछि यी पिण्डहरूको स्थितिको भविष्यवाणी गर्न सकिन्छ । यो तरिका भने मानिसले करीब २।३ हजार वर्ष अघि मात्र विकास गरेका थिए र यस सम्वन्धी ज्ञानलाई बिस्तारै अझ फराकिलो पार्दै लगे । यहि क्रममा केही व्यक्तिहरूले आकाशीय पिण्डको स्थिति र पृथ्वीमा घट्ने घटनासगँ तुलना गर्न थाले र ज्योतिषीको विकास गरे । अहिलेको वैज्ञानिक युगमा भने यसलाई मान्यता दिईदैन किनभने यसमा कुनै वैज्ञानिक आधार छैन। तर खगोलबिज्ञान भने एक विशाल विज्ञान हो । यसले ब्रम्हाण्डमा हाम्रो स्थिति बताउछ र उल्का पिण्डहरूबाट हुनसक्ने सम्भावित क्षतिबाट सचेत हुन मद्दत गर्दछ ।

नेपालमा खगोल बिज्ञानको अवस्था

विज्ञानले जति फड्को मारे पनि नेपालमा भने २००० वर्ष पुरानो ज्योतिषीले नै जड गाडेको छ । हाम्रो धर्मसगँ यो यति गासिँएको छ कि यसबाट छुट्कारा पाउन अत्यन्तै गाह्रो छ । ईटालीयन वैज्ञानिक ग्यालिलीयो ग्यालिलीले ४०० वर्षअघि टेलीस्कोपको प्रयोग गरेर सौर्यमण्डलको बीचमा पृथ्वी नभई सुर्य अवस्थित छ भनि पत्ता लगाएपनि नेपाली ज्योतिषहरू पुरानै मान्यता राख्दछन् । यहाँ सम्मकी नेपालमा ४०० वर्ष अघि आविष्कार भएको टेलीस्कोप अत्यन्त न्युन मात्रामा छ । यसको मुल कारण चाहिँ सरकारले नदेखाएको चासो र टेलीस्कोप आयात गर्दा लगाईएको १०१% भन्सार मूल्य हो ।

नेपालमा खगोल बिज्ञान

यति सबै दुख:को कुरा हुँदाहुदै पनि नेपालमा केही व्यक्तिहरू समाजमा खगोलबिज्ञानको सही ज्ञान तथा सूचना सर्वसाधारण समक्ष पुयाउन लागि परेका देखिन्छन् । नेपाली खगोल बिज्ञान समाजहरूका यी खगोलशास्त्रीहरू भने सबैले औपचारीक रूपमा खगोल बिज्ञान शिक्षा पाएका होईनन् । उनीहरू सौखिन तथा व्यवसायिक दुवै छन् र सौखिन खगोलशास्त्री नै धेरै छन् ।

*गोपाल भण्डारी नेपालपत्रका प्रधान-सम्पादक हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

अन्तरिक्ष (Space) भनेको के हो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !