६ बैशाख २०८१, बिहिबार

नेट सर्फिङग गर्दा सतर्क रहनुहोस्


Internet-Browsing

आज भोली ईन्टरनेट सर्फिङग गर्न सबैलाई मन पर्छ । यो अहिलेको समयमा अपरिहार्य जस्तै बनि सकेको कुरा नकार्न सकिदैन । एक दिन नेटमा बसिएन भने पुरा संसार सँग सम्बन्ध छुटेको झै भान हुन थाल्दछ । यसरी हेर्दा ईन्टरनेट धेरैको लागि आवश्यक्ता नै बनी सकेको छ । तर धेरै जसो मान्छेहरुको यो भनाइ छ कि उनिहरुलाई नेट सेर्फिङगको दौरान कुनै न कुनै अवाँन्छित समस्याहरुको सामना गर्नु परेको छ । यसको साथ साथै च्याटिङको बेला चिटिङ गर्ने खालको फाल्तु मेसेज पनि आउन थाल्छ , आफ्नो मेल बक्समा पनि यस्तै फाल्तु मेलले भरिएको पाईन्छ । कुनै कुनै मेलले मन लोभ्याउने गैरजरुरी अफरका साथ भाईरस पनि साथै attacht गरेर पठाएका हुन्छन । यस्तोमा मनमा यो कुरा आउनु स्वाभाबिक नै हो कि नेटमा सुरक्षित सर्फिङग गर्नको लागि के के कुरामा सावधानी अपनाउन जरुरी छ त ?

त्यसो त नेटमा सर्फिङग गर्नु त्यती गाह्रो छैन जति कि लाग्छ । सानो सानो कुराहरुमा थोरै पनि सतर्क रहेमा यो काम सहज हुन पुग्दछ ।

ईमेलबाट खतरा

यदि नेट सर्फिङगको दौरान तपाईंलाई कसैले यस्तै बेकारको चिज मेल गरेको भेट्टाउनु भयो भने उक्त मेल खोल्नु र जवाब दिनुको सट्टा त्यस्ता मेल वा application हरुलाई तपाईं block गर्न सक्नु हुन्छ । यो कुरामा निकै ध्यान दिन जरुरी छ कि अनजान ईमेलको साथ attachment को रुपमा नै सबै भन्दा धेरै भाईरस आउने खतरा रहन्छ । त्यसैले संदिग्ध मेलको attachment लाई बिना जाँच कहिले पनि डाउनलोड गर्ने नगरनुहोस् । कुनै कुनै ईमेल तपाईंलाई यति रकम चिठ्ठा पर्‍यो, यो यो पुरुस्कार पर्‍यो भन्ने लोभ देखाएर फसाउने खालको पनि आउछन र यसमा तपाईंको नाम ठेगानाका साथ साथै अरु ब्यक्तिगत जानकारी मागिएका हुन्छन । यस्ता ईमेलहरुमा लोभिएर कहिले पनि रिप्लाई दिने नगर्नुहोस् , यसमा मात्र तपाईंहरुलाई ठग्ने बाहेक अरु केही हुँदैन । याद राख्नुहोस् नकिनेको चिठ्ठा कहिले पर्दैन …. ईमेल आक्रमण बाट सुरक्षित हुने सजिलो उपाय आफुले नचिनेको अनजान ईमेलहरुलाई नखोलिकनै डिलिट गर्नु नै हो ।

के के सावधानी अपनाउने ?

नेट सर्फिङग वा च्याटको दौरान अनजान मित्रहरुलाई आफ्नो नाम, ठेगाना, फोन नम्बर अनि बैंक अकाउन्ट नम्बर सम्बन्धी सही सुचना कहिले पनि share नगर्नुहोस् । नेटमा बनाएको साथीहरु सँग सके सम्म भेट नगर्नुहोस् र यदि भेट्नै पर्ने सिचुएसन आई पर्‍यो भने कहिले पनि एक्लै नभेट्नुहोस् । यसमा तपाईंलाई खतरा हुन सक्छ ।

धेरै जस्तो साईट आजकाल पुरस्कार, सर्बेक्षण वा रजिस्ट्रेशनको बहाना बनाएर तपाईंको निजी सुचना, ईमेल address र पासवोर्ड माग्ने गर्छन् , यसमा सतर्क हुनु जरुरी छ । यस्ता धेरै जसो साईटहरु आँफै पनि कुनै न कुनै product हरु बेच्ने कोशीस गर्छन् र ईमेल डाटा सँकलन गरेर बिज्ञापनदाता कम्पनीहरुलाई बेच्ने गर्दछन । अन्लाईन सपिङगको कारोबार सँग सम्बन्धित साईटहरु पनि यस्तो गर्ने गर्दछन त्यसैले यिनिहरु सँग सावधान रहनुमा नै भलाई छ ।

डाउनलोड गर्दा सतर्क रहनुहोस्

ईन्टरनेट सँग सम्बन्धित कुनै पनि यस्तो application जब तपाईं डाउनलोड गर्दै हुनु हुन्छ जसमा Document, picture, अडियो वा भिडियो आदि share गर्न एक्सेस हुने गर्दछ यस्ता application हरु डाउनलोड गर्नु भन्दा पहिला आफ्नो जेनुन Antivirus द्वारा Scan गर्नु जरुरी छ । साथै जुन पायो त्यो सफ्टवयरहरु आफ्नो कम्प्युटरमा डाउनलोड र install गर्ने पनि नगर्नुहोस् । त्यस्तो application हरु जसमा कुनै सिक्योरिटी सर्टिफिकेट छैन त्यसले तपाईंको कम्प्युटरलाई हानी गर्ने बाहेक अरु काम गर्दैन ।

अरु केही महत्वपूर्ण कुराहरु

  • आफ्नो ईन्टरनेट ब्राउजरमा popup block option active गरेर नचाहिने बिज्ञापनहरु र सुचनाहरुमा नियन्त्रण पाउनुहोस्
  • कुनै राम्रो Antivirus को प्रयोग गर्नुहोस् र त्यसलाई नियमित Update गर्दै गर्नुहोस् ।
  • आफ्नो कम्प्युटरको महत्वपूर्ण डाटाहरुको ब्याकअप राख्ने बानी गर्नुहोस् ( डाटाहरुलाई छुट्टै डिस्क वा सि.डि मा save गर्दै गर्नुहोस् ) ।
  • जब ईन्टरनेट सम्बन्धी काम सकियो तब ईन्टरनेट connection लाई disconnect गर्न नभुल्नुहोस् ।
  • कुनै साइबर क्याफेमा नेट चलाई सकेर फर्किदै हुनु हुन्छ भने ब्राउजर history clear र टैंपरेरी ईन्टरनेट फाइलहरुलाई डिलिट गर्न नभुल्नुहोस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !