१२ बैशाख २०८१, बुधबार

केही आश्चर्यजनक वैज्ञानिक तथ्यहरु


Universe

-राम ठकुरी

वैज्ञानिकहरुले अनुसन्धानमार्फत् धेरै आविष्कारहरु गर्नुका साथै प्रकृतिका रहस्यमय तथ्यहरु पत्ता लगाई सकेका छन र अन्य धेरै तथ्यह्ररु पत्ता लाग्ने क्रम जारी नै छ। यहाँ केहि आश्चर्यजनक वैज्ञानिक तथ्यहरु प्रस्तुत गरिएको छ ।

१. सामान्य मानिसको शरीरमा भएको डि .एन. ए. ( DNA) नघुम्रिएको अवस्थामा यसको लम्बाई सुर्य र यम ग्रहबिचको दूरीको १७ गुणा लामो हुन्छ । हाम्रो शरिरको एउटा कोषमा २३ वटा  डि. एन. ए. को अणु हुन्छ । एउटा अणुमै ५,००,००० देखी २,५०,००,००० सम्म नुक्लियोटाइड ( nucleotides ) का जोडीहरु हुन्छ्न । एउटा डि. एन. ए. को अणु करिव ५ से. मि. लामो हुन्छ । शरीरको सम्पूर्ण  कोषको डि. एन. ए. को अणुको लम्बाई  करिव  2 × 1012  मिटर लामो हुन जान्छ ।

२. मानिसको शरीरमा भएको जम्मा कोषको सङ्ख्या जति  हुन्छ, त्यसको १० गुणा धेरै सङ्ख्यामा ब्याक्टेरियाको सङ्ख्या एउटै शरीरमा हुन्छ । ती ब्याक्टेरियाहरुमध्ये  धेरै जसो हाम्रो शरीरलाई आवश्यक हुन्छन्  ।

३. सुर्यको भित्री बिन्दुबाट  यसको सतहमा फोटोन (photon) लाई आइपुग्न ४०,००० वर्ष  लाग्छ तर सो फोटोन सुर्यबाट पृथीको सतहमा आइपुग्न ८ मिनेट मात्र लाग्छ ।

४ .अन्तरिक्षबाट हेर्न सकिने सबैभन्दा ठुलो र लामो जिवित वस्तुको एउटाै संरचना  समुन्द्रमा भएको ढाड नभएको जीव  कोरल (coral) को संरचना हो र यो २,००० किलोमिटरसम्म फैलिएको हुन्छ ।

५ आन्ध्र महासागरमा जती चम्चा पानी रहेको छ, त्यसको  ८ गुणा बढी सङ्ख्यामा पानीको अणु (H2O) १ चम्चा पानीमा हुन्छ ।

६. सामान्य मानिसले जीवनभर पैदल हिंडेर  पार गरेको दुरी पृथ्वीलाई पूरै सात चक्कर लगाउन लाग्ने दुरीसँग बरावर हुन्छ । सामान्य मानिस १ दिनमा औसत ७,५०० कदम  हिड्छ । मानिसको उमेर ८० वर्ष मान्ने हो भने जीवनभरी त्यो मानिस २१,६२,६२,५०० कदम हिंडछ , जुन कदम करिब १,१०,००० माइल हुन्छ र करिब १,१०,००० माइल दुरी भनेको पृथ्वीलाई भुमध्य रेखा हुँदै ५ चक्कर लगाउदा पुरा हुने दुरी हो ।

७. मानिशको शरिरको सम्पुर्ण भागमा पुग्नको लागी एउटा रक्त कणलाई ६० सेकेन्ड लाग्छ ।

८. अहिलेसम्म पता लागेको ब्रमाण्डमा मात्र ५०,००,००,००,००० वटा नक्षत्र (galaxy)  रहेको छ भने एउटा मात्र नक्षत्रमा मात्र १,००,००,००,००,००० देखी १०,००,००,००,००,००० वटासम्म तारा रहेको उल्लेख गरिएको छ । हामी रहेको आकाश गङ्गा नक्षत्र  ( milky way galaxy) मा मात्र १,००,००,००,००० वटाभन्दा बढी ग्रह रहेको अनुमान गरिएको छ । यो तथ्यबाट हामी यो ब्रमाण्डमा पटक्कै एक्लो छैनौ भन्ने बुझ्नु पर्दछ ।

९. मानिशको शरिरमा भएको रक्तनलीहरु जोड्ने हो भने ६२,००० माइल लामो छ , जस्ले पृथ्वीलाई साढे दुइ पटक चक्कर  लगाउन सक्छ ।

१०. आकासमा देखिने चलायमान बादल साह्रै हलुको हुन्छ भन्ने आम मानिसलाई परेको हुन्छ । सामान्य आकारको क्युमुलस (cumulus)प्रकारको बादलको तौल ८०  ओटा हात्तीको तौल बराबर हुन्छ ।

११ .हामी रहेको नक्षत्र आकास गङ्गा (milky way) को सबैभन्दा नजिकको नक्षत्र  एन्ड्रोमेडा (Andromeda) हो, जहाँ पुग्न प्रकाशको गति (3×108  मिटर प्रती सेकेन्ड) को गतिमा गए पनि २०,००,००० वर्ष लाग्दछ  ।

१२. अन्तरिक्ष यात्रीले अन्तरिक्षमा डकार्न सक्दैनन् , किनकी त्यहाँ पेटभित्र ग्याँस  र तरल छुट्याउने गुरुत्व बल हुँदैन ।

१३. पृथ्वीमा क्रमिक रुपमा हजारौ नयाँ जीवहरु पत्ता लागिरहेको छ ।

१४. अस्ट्रेलियामा पाइने भालु जस्तै एक प्रकारको जीव  ( Koalas) दिनमा २२ घण्टा सुत्ने गर्दछ ।

१५. कुकुरको सुँघ्ने शक्ति  मानिसको भन्दा १००० गुणा धेरै हुन्छ ।

१६. पृथ्वी चलयामान छ भन्ने तथ्य हामी सबैलाई थाहा नै छ ।यो १००० माइल प्रति घन्टाको दरले आफ्नो अक्षमा घुमिरहेको छ भने ६७,००० माइल प्रति  घण्टाको वेगमा यो सुर्यको वरिपरी आफ्नो कक्षमा दौडिरहेको छ ।

१७. बैज्ञानिकहरुको अनुभव अनुसार अन्तरिक्षमा पनि एक खालको गन्ध रहेको छ । सो गन्ध बार्बीकिउ गरिएको मासु , तातो फलाम र तातो इन्धनको मिश्रीत गन्धजस्तो हुने तथ्य सार्वजनिक गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !