४ बैशाख २०८१, मंगलबार

ग्यालेक्सी एस७ एज’ र ग्यालेक्सी एस७’ सार्वजनिक


फाल्गुन २७, २०७२- सामसङ इलेक्ट्रोनिक्सले बुधबार ग्यालेक्सी परिवार अन्तर्गतको नयाँ स्मार्टफोटनहरू ‘सामसङ ग्यालेक्सी एस ७ एज’ र ‘सामसङ एस ७’ को नेपाली बजारमा ल्याउने छ । उन्नत क्यामेरा, पानी प्रतिरोध र बाह्य मेमोरीलागयतका सुविधायुक्त यी दुई फोनहरू उपभोक्ताको जीवनशैलीलाई सजिलो बनाउने दाबी कम्पनीको छ ।

यी जोडी फोनहरूमा जडित उन्नत क्यामेराले जुनसुकै बेला वा लोकेसनमा ‘हाई क्वालिटी’ को तस्बिर खिच्न सकिने जारी विज्ञप्तिमा छ । परिष्कृत डिजाइन र कार्यक्षमता भएका ‘ग्यालेक्सी ७’ को ५.१ इन्च र ‘ग्यालेक्सी एस ७ एज’ को ५.५ इन्चको रहेको जनाएको छ । कम्पनीका अनुसार नेपाली बजारमा ‘ग्यालेक्सी एस ७ एज’ ८८ हजार ९ सय र ‘ग्यालेक्सी एस ७’ ७७ हजार ९ सय रुपैयाँमा उपलब्ध हुने छ ।

सामसङका यी जोडी प्रडक्टहरू नेपाली उपभोक्तालाई मध्य मार्चबाट ३२ जीबी स्टोरेजका साथ उपलब्ध हुने विज्ञप्तिमा छ । यसैगरी कम्पनीले यी मोबाइलहरूको ‘प्रि–बुक’ अफर पनि ल्याएको जनाएको छ । ‘प्रि–बुकिङ मार्च १० बाट सुरु हुने छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रि–बुकिङ गर्ने प्रत्येकले २० हजार मूल्यको एउटा जेनुन लेडर ब्याग वा १३ हजार ९ सय रुपैयाँ बराबरको सामसङ गियर भीआर प्राप्त गर्न सक्ने छन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !