१३ बैशाख २०८१, बिहिबार

प्लास्टिकको प्रयोगले वातावरणमा पर्ने हानिकारक प्रभाव


harmful plastic

– राम ठकुरी
हाम्रो दैनिक जीवनमा प्लास्टिकवाट बनेको सामाग्रीको प्रयोग धेरैनै हुने गर्द्छ । हामिलाइ थाह छ कि प्लास्टिकको झोलाको प्रयोग कम गर्नु पर्छ भनेर। प्लास्टिकको झोला कसरी हानिकारक हुन जान्छ त भनेर यहाँ प्रकाश पार्न खोजिएको छ।
प्लास्टिकलाई रासायनिक भाषामा पोलिइथिन (Polythene) भनिन्छ किनकी यो असन्तृप्त हाइड्रोकार्बन इथिन लाई रासायनिक प्रतिक्रया गरि पोलिमर (Polymer) मा रूपान्तर गरि कृतिम रुपले बनाइएको हुन्छ। यो हानिकार हुनुको कारणहरु यस्ता छ्न।
१. प्लास्टिक बनाउन मात्र सन्सारमा १ बर्ष मा करिब ६,००,००,००० देखि १०,००,००,०००  ब्यारेल इन्धन तेल खर्च हुन्छ र सो परिमाणको इन्धन बाल्दा अनबिकरणिय ( Non renewable )  इन्धन को स्रोत घट्नु को साथै सोपरिमाणको इन्धन बाल्दा वायु प्रदुसण बढ्नुको साथै हरितगृह प्रभाव  ( Greenhouse effect) बढी बिश्वब्यापी तापक्रम ( Global warming) बढ्ने कारक तत्व थपिदै जान्छ।
२. नेचुरल इन्भारोमेन्ट ( Natural environment) को खोजले बताए अनुसार बर्सेनि लाखौ समुन्द्री जीवहरु प्लास्टिकलाई भुलवस खाएर वा प्लास्टिकको झोला भित्र थुनिएर मर्दछ्न। बिशेस गरी कछुवा यसको सिकार भएको पाइएको छ । प्रशान्त महासागर मा मात्रै प्लास्टिक तैरिएर ओगटेको क्षेत्रफल अमेरिकाको पूरा क्षेत्रफल भन्दा दुई गुणाले बढी छ।
३. कयौं मानिस हरु प्लास्टिक जलाउद्छ्न। प्लास्टिक जलाउदा निस्कने हानिकारक ग्यासहरु जस्तै नाइट्रोजन अक्साइड, सल्फरडाइ अक्साइड, डायोक्जिन, वाफिलो प्राङ्गारिक रसायन, कार्बनडाइअक्साइड आदीले बाताबरण प्रदुसण बढाउनु को साथै सो ग्यासहरुले स्वासप्रस्वास र क्यान्सर रोग निम्त्याउने संभावना बढेर जान्छ।
४. प्लास्टिक पुर्ण रूपमा कुहिएर नस्ट हुनको लागि कम्तिमा पनि ४०० बर्ष लाग्ने हुदा लामो समयसम्म यो पानी र जमिन मा रहिरहन्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !