६ बैशाख २०८१, बिहिबार

तुलसीको तान्त्रिक प्रयोग


तुलसी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

संसारको जुनसुकै भू-भागमा पनि पाईने यो वनस्पति हिन्दूहरूको लागि अत्यन्तै पुजनीय एवम उपयोगी वनस्पति हो । Lamiaceae परिवारमा बर्गिकरण गरिएको तुलसी विश्वको धेरै भागमा नियमित सेवन गरिन्छ । तुलसी बहुउपयोगी हुनुको साथै तुलसीलाई आयुर्वेदिक औषधिको रूपमा बढी प्रयोग गरिन्छ भने पूर्वी एसियाका पकवानको लागि तुलसी अभिन्न मसला हो ।

आयुर्वेदमा समेत तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रूपमा लिइएको छ । यसै कारण धार्मिक मान्यता अनुसार तुलसीलाई भगवान् विष्णुको रूपमा लिइने गरिएको विज्ञहरूको तर्क छ । त्यसैले त घर-घरमा ‘तुलसीको मठ’ बनाएर तुलसीको पूजा गर्ने चलन बसेको हो । तुलसीबारे थुप्रै लेख पढ्नु भएको होला तर मेरो लेख फरक छ पढेर फाइदा उठाउनु होस् ।

तुलसीको तान्त्रीक प्रयोग

१. छोराछोरी नभए दिक्क भए ठिक्क भन्ने हो तर कहिलेकाही गलत संगतमा परेर जिद्धि स्वभावका हुनाले आमा बुबालाई दिक्क लाग्न सक्छ । तुलसी पुर्व दिशामा राखेको ३ पात सन्तानलाई खान दिनु सन्तान क्रमश: सुध्रदै जान थाल्नेछ ।

२. छोरीलाई हामीले लक्ष्मीको रूपमा हेर्छौ । बढेकी छोरीलाई योग्य बर नपाउदा दिक्क लाग्न सक्छ । यो समस्या हल गर्न र विवाह चाँडो होस् भन्नाका लागि कन्याद्वारा नित्य तुलसीमा पानी चढाउन र दान दक्षिणा दिएमा सोचे जस्तो बर मिल्नेछ ।

३. जसको व्यवसाय राम्रोसंग चलेको छैन यो उहाँहरूको लागि बरदान साबित हुनेछ । तुलसीको बोटमा काँचो दुध चढाई दिनु व्यापार चल्न थाल्नेछ ।

४. नोकरी गर्दा कहिलेकाही प्रमोशन होस् भन्ने चाहना भएमा तुलसीलाई सेतो कपडामा बाधेर अफिसको खाली जमिनमा गाडी दिनु चाडैं प्रमोसन हुन थाल्दछ ।

५. घरमा कलह असान्ती भएमा भान्सा कोठाको नजिक राख्नाले कलह शान्त हुन्छ । घरमा झै झगडा समाप्त हुन्छ । श्रीमान श्रीमति विचको झगडा भएमा यसो गर्नाले राम्रो फाइदा गर्दछ । प्रेम बढ्न थाल्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !