१३ बैशाख २०८१, बिहिबार

हनुमानको महिमा र यस्तो छ मन्त्रको प्रयोग


हनुमान
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मर्यादा पुरुषोत्तम भगवान श्रीरामका सेवक पवन पुत्र हनुमानको बारेमा लेख्नु पर्दा धेरै आनन्द आउछ । उहाँको महिमा अपरम्पार छ । उहाँ वायु पुत्र हुनुहुन्छ । कुनै पनि प्रकारको दोश शरिरमा भएमा पवन पुत्र हनुमानको श्लोक पढेर दिनासाथ रोग हराउदछ ।

हामीले धर्म संस्कृति मान्न छोड्नाले नै आज प्राकृतिक प्रकोप र रोग झेल्दै आएका छौं । यदि हामीले धर्मशास्त्र तन्त्र-मन्त्र मान्ने गर्थ्यौ भने शायद हामीले दु:खको सामना गर्नुपर्ने थिएन । म मान्दछु पवन पुत्र हनुमान चालिसालाई ।

यो घटना केहि बर्ष पुर्बको हो एक जना मानिस सुत्नासाथ डराउने गर्द थियो मैले उसलाई पवन पुत्र हनुमान चालीसाको पाठ गर भनेको थिए आश्चय उसको रोग हटेर मलाई भन्दै थिए हजुरले भनेको मान्दा आज म ठिक छु । आज विश्वास नहुनाले गर्दा नै हामी हरेक कुरामा पछाडि छौं ।

हरेक मंगलबार भारतमा हनुमानको मन्दिरमा श्रद्धालु भक्तजनको भिड लाग्ने गरेको देख्न सक्छौं । हनुमान मन्दिर सजाइएको हुन्छ । दिप प्रजोलन गरिएको हुन्छ । पवन पुत्र भगवान श्रीहनुमानको स्मरणले मात्रै भूत-प्रेत, पिशाच तथा अनिष्टकारी शक्तियाँ भाग्दछ । आफ्नो भक्तको प्रथना अरू देवी-देवता भन्दा चाँडो सुन्ने गरेको पाइन्छ ।

पवन पुत्र हनुमान साक्षात परमेश्वर रूद्र हुनुहुन्छ । हनुमान अष्टमी मंगलबार या शनिबारका दिन उनको आराधना गर्नाले तत्काल फल प्राप्त हुने भनेको छ । हनुमान चालीसा नित्य पाठ गर्नाले घरमा समेत भुतप्रेत भाग्ने र आँखा लागेको भए हट्ने भनेको छ ।

१. एकैपटक सवै मनोकामना पुराउन चाहनु हुन्छ भने शनिबारको दिन यो हनुमान मन्त्रको जप १०८ पटक स्फटिकको मालाले जप गरेर हरेक काममा प्रयोग गर्नुस् हजुरको मनोकामना पुर्ती हुनेछ ।

मन्त्र :

।। ॐ महाबलाय वीराय चिरंजिवीन उद्दते ।
हारिणे वज्र देहाय चोलंग्घितमहाव्यये ।।

२. यो मन्त्रको जाप गर्नु पुर्व हनुमान चालिसाको पाठ गर्नुपर्ने छ । भगवान पवनपुत्रलाई लड्डुको भोग लगायत यो मन्त्र पढ्नु तत्काल सवै मनोकामना पुरा हुनेछ । यो मन्त्र मंगलबार साझ जप्नु पर्नेछ ।

मन्त्र :

ॐ महाबलाय वीराय चिरंजिवीन उद्दते।
हारिणे वज्र देहाय चोलंग्घितमहाव्यये।।

३. यकै साथ सवैभन्दा ठूलो समस्या हल गर्नु परेमा मंगलबारको दिन सूर्यास्त भइसके पछि २५१ पटक मुगाको मालाले जप्नु फाइदा हुन्छ ।

मन्त्र :

।। ॐ मारकाय नमः ।।

४. लाख कोसिस गर्दा पनि नोकरि लागेको छैन या व्यवसाय बाट फाइदा भएको छैन भने मंगलबार या शनिबार सूर्यास्तको समयमा गाईको घीउको बत्ती बालेर १ हजार पटक रूद्राक्ष ले गर्नु मनोकामना पुरा हुन्छ ।

मन्त्र :

।। ॐ पिंगाक्षाय नमः ।।

५. जीवनमा आइपर्ने थुप्रै समस्या हल गर्नु परेमा तल दिएका एउटा मंन्त्रको जाप मंगलबार देखि सुरू गर्दै ११ दिन सम्म गर्नु सवै मनोकामना पुग्दछ ।

मन्त्र :

ॐ तेजसे नम:।।
ॐ प्रसन्नात्मने नम:।।
ॐ शूराय नम:।।
ॐ शान्ताय नम:।।
ॐ मारुतात्मजाय नमः।।
ॐ हं हनुमते नम:।।

हनुमान चालिसा

श्रीगुरु चरन सरोज रज, निज मनु मुकुरु सुधारि ।
बरनऊं रघुबर बिमल जसु, जो दायकु फल चारि।।
बुद्धिहीन तनु जानिके, सुमिरौं पवन-कुमार।
बल बुद्धि बिद्या देहु मोहिं, हरहु कलेस बिकार।।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !