१३ बैशाख २०८१, बिहिबार

नेवार समुदायले आज सिथी नखः पर्व मनाउँदै


सिथी नखः पर्व

काठमाडौं, जेठ १५। वर्षा ऋतुको शुरुवातसँगै नेवार समुदायले आज सिथी नखः पर्व मनाउँदैछन् । विभिन्न मौसम र ऋतु परिवर्तनसँगै मनाइने पर्वहरुमध्ये यो पर्वलाई पनि निकै नै महत्पूर्ण पर्वका रुपमा लिइन्छ । ऋतु परिवर्तनसँगै विभिन्न खाले जात्रा पर्वहरु मनाउँदै आइरहेका नेवार समुदायले यसपटक विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण क्षमा पुजा गरी जात्रा पर्वलाई यसबेला रोक्नु परेको छ ।

गृष्म ऋतुको अन्त्य र वर्षा ऋतुको आगमनसँगै आज बिहीबार सिथी नखः पर्व मनाइँदैछ । यसदिन महादेव पुत्र कुमारको पनि जन्म भएका कारण यस पर्वलाई कुमार षष्ठी पनि भनिन्छ । यसबेला भक्तजनहरुले क्षेत्रपालको रुपमा कुमारको पुजा गर्दछन् । सिथी नखः पर्वमा विभिन्न कुल देवीदेवताहरुको पनि पुजाआजा गरिन्छ ।

नेवार समुदायमा मौसम अनुसारको परिकार बनाएर खाने प्रचलन छ । गर्मी मौसमलाई ध्यान दिइ सिथी नखः पर्वमा सजिलै पचाउन सकिने र स्वास्थ्यलाई फाइदा पुर्‍याउने परिकारको रुपमा बारा बनाएर खाने र खुवाउने चलन छ । त्यसैले पनि यस पर्वलाई बारा खाने र खुवाउने पर्वका रुपमा लिइन्छ । मुंग, मासलाई पिसेर विभिन्न स्वाद अनुसार बनाइएको एक प्रकारको रोटी नै बारा हो । वर्षा ऋतु शुरु हुने भएकाले यसबेला ढुंगेधारा, इनार, कुवा जस्ता पानीका स्रोहरु सरसफाइ गर्ने चलन समेत रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !