१२ बैशाख २०८१, बुधबार

प्रकृतिको नियमको पालना गरौं, हिन्दू धर्मको जगलाई बलियो बनाऔ


ॐ_हिन्दु
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

प्रकृतिलाई जब जब हामी लत्याउदै अघि बढ्छौं त्याहा हामीले थुप्रै समस्याको सामाना गर्नुपर्ने देख्छौं । हिन्दू धर्ममा अंकमाल गर्नु हात मिलाउनु ननुहाई खाना खानु, खाना खादा नबोल्नु आदि नियम बनाएको देखिन्छ ।

आज नोबेल कोरोनाले ल्याएको सन्देश पनि ठिक हिन्दू धर्मसंग गाँसिएको छ । धर्म जुनसुकै मानेतापनि मानव हितमा हिन्दू धर्मका थुप्रै सन्देश छन् जसलाई हामीले लत्याउदै आएका छौं । आउनुहोस् यसका केहि बुँदाहरूको व्याख्या गरौं ।

हात मिलाउदा विविध प्रकारका रोगहरु सर्ने सम्भावना बढ्ने देखिएको छ । हिजो हिन्दू धर्मले ननहुहाई साबुन पानीले हात नधोइ नखानु भनेको देखिन्छ तर हामीले यसको पालना नगर्दा थुप्रै रोगको चपेटामा परेका छौं ।

अंकमाल गर्दा टिबी, भाइरसबाट सर्न सक्ने थुप्रै रोगहरू छन् जुन एकबाट अर्कामा सर्न सक्ने देखिन्छ यस्तो कार्य नगर्न हिन्दू धर्ममा उल्लेख गरेको पाइन्छ । खाना खाँदा बोल्दा असल्टिने र खाएको खाना चाँडो नपच्ने ग्यास्ट्रिक रोग जस्ता समस्या देखिने गरेको छ यसलाई पनि हिन्दू धर्मले रोकेको देखिन्छ ।

हामीले दैनिक नुहादा हाम्रो शरीरमा टाँसिएका भाइरसहरू साबुन पानीले नुहाउदा सफा हुनुको साथै निरोगी हुने भनेको छ । हिन्दू धर्मले प्रकृतिको पालना गर भनेको छ । जब जब हामीले प्रकृतिको अब हेलना गर्छौं तब तब हामीले दु:ख भोग्दै जान थाल्नेछौं ।

हिन्दू धर्ममा बासी खाना नखानु भनेको छ तर हामीले खाने गर्छौं । कतिपय कुराहरू हामीले पालना गर्नुपर्ने हो पालना गर्न सकि रहेका छैनौं यो दुर्भाग्य नभएर के हो त ? यदि हामीले धर्मलाई लत्याउछौं भने यसले ठूलो समस्या निम्ताउन सक्छ जसलाई हामी भोगी रहेका छौं ।

विश्वमा एउटा मात्र धर्म छ जुन मानव हितमा देखिन्छ त्यो हो हिन्दू धर्म । मैले यहाँ भन्न खोजेको धर्मको प्रचार मात्र गर्न खोजेको होइन यसभित्रका राम्रा पक्षलाई केलाउनुहोस् भन्न खोजेको मात्र हो जुन प्रकृतिले मानवको साहेता गर्न सक्छ भन्न खोजेको मात्र हो ।

हिन्दू धर्मले बलिप्रथा राम्रो भनेको थिएन आज खानका लागि केहि भ्रष्ट व्यक्तिहरूले बलि प्रथा लागु गरेका थिए । शाकाहारीको तुलनामा मासाहारी धेरै रोगी हुदैछन् यसलाई नकार्न सकिदैन । मानिस यतिसम्म गर्दैछन् कि के राम्रो के नराम्रो भन्ने कुरा भन्दा पनि आफ्नो स्वार्थमा डुबेर अरूको अहित गर्ने सोचमा डुबेर हरेक बस्तुमा मिसावट गर्दैछन् ।

रोग लाग्नुको कारण गलत खानपान हो यसलाई विज्ञानले पनि मानेको छ । हामी होटलमा खाना खान्छौ त्यहाँ हामीले बासी खाना खाने गरेका हुन्छौं । आज मलाई एउटा घटना याद आयो हामी क्लिनिकबाट सधै चाउमिन खान होटेल जाने गर्दथियौं ।

म एकदिन ३ जना स्टाफसंग चाउमिन खान होटलमा गएर चाउमिन खाएर क्लिनिकमा आइपुग्ना साथ पेट करायो पखला लाग्यो । मैले मलाई मात्र होला भनेको हामी सबैलाई एउटै समस्या देखिएपछि पुन: म होटेल पुगे र सोधे हामीलाई बासी खान दिइएछ ।

यो सुनेपछि होइन सर अचार मात्र बासी हो अरू होइन भन्ने जवाफ पाए यसरी होटलले हामीलाई बासी खाना दिए फुड पोइजनिङ भयो । हाम्रो लापरबाही नभए के हो त ? यो सवै प्रकृतिको अबहेलना र हिन्दू धर्म को अब हेलना गर्नुको परिणाम हो ।

अर्को महत्वपूर्ण कुरा जुन देशमा धर्मको खिल्ली उडाउने गरेको हुन्छ त्यो देशका नागरिकको अन्तराष्ट्रिय स्तरमा समेत कुनै इज्जत रहदैन । आज नेपालको अवस्था यसरीनै गुज्रदैछ । देश र धर्म सुहाउदो पोसाक लगाउनु भनेकै पहिचान हो । यस्तो काम हाम्रो देशमा पालना भएको देखिएको छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !