१२ बैशाख २०८१, बुधबार

नेपालमा सनातन धर्म संस्कृतिको सम्मान अपरिहार्य


ॐ_हिन्दु
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज हामीले धर्म संस्कृतिलाई अफिम भन्दै गर्दा यसको प्रभाव के हुन सक्छ भन्नेतर्फ हामीले सोच्न आवश्यक हुदैछ । नेपालमा धर्म संस्कृतिको नाममा बलि प्रथा लागू गरियो यो गलत हो । धर्म संस्कृति देशका लागि अपरिहार्य छ । मानिसलाई सही मार्गमा डोर्याउने काम धर्म संस्कृतिले गरेको हुन्छ ।

विजया दशमीको धार्मिक, सांस्कृतिक एवं दार्शनिक महत्त्व अति नै छ । नवरात्रीभरी शक्तिस्वरूपा देवी दुर्गाको विविध स्वरूपहरूको आराधना गरी आफूमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता दुर्गुणहरूलाई त्याग्न सक्ने शक्ति हामीले यसबाट प्राप्त गर्न सक्छौ ।

नेपालमा विभिन्न धर्म, संस्कृति एवं भाषा-भाषी माझ अनेकौँ किसिमका आ-आफ्नै प्रकारका रीति-स्थिति एवं परम्परा छन् । हरेक दिन, तिथि, महिना एक किसिमले चाडबाड र पर्वकै रूपमा विभिन्न सन्देश लिएर हामी माझ आइरहेका हुन्छ ।

जसको कारण विजया दशमीभित्र अन्तर्निहित महान् अर्थहरू बिर्संदै र भुल्दै गई अहिले ‘बलि प्रथा’ को रूपमा विकास हुँदै जानु दुःखद् छ । ‘धर्म’ को महत्त्व, गौरव र शालीनतालाई पशुबली परम्पराले कस्तो मोडमा धकेलिदिएको छ भने धर्मप्रति मानिसलाई वितृष्णा उत्पन्न गराउन बाध्य पुर्याउनेतर्फ समयमा सचेत हुन जरुरी छ ।

नेपालका कतिपय सरकारी निकायहरू दसैं-तिहारमा भेडाच्यांग्रा भित्त्याउने वा कोत, मौलोहरू तथा देवीपीठहरूमा बोका, राँगाहरूको बन्दोबस्तमा आफ्नो शक्ति, ऊर्जा र बजेटलाई अपव्यय गरिरहेको लाजमर्दो स्थिति छ । यस्तो कार्य अविलम्ब रूपमा रोकिनु पर्दछ ।

यस्ता विषय वस्तुमा लागेर होइन यसलाई परिमार्जन गर्दै धर्म संस्कृतिलाई मान्ने सिस्टम चेन्ज गर्दै जान सके देशमा ठूलो आमूल परिवर्तन हुने निश्चित छ । आज हामीले धर्म संस्कृति मान्न छोड्दैछौं यसले देशमा केवल विकृति भित्रने हुन्छ । भविष्यमा हामीले यो देखिरहेका छौं यो गलत हो ।

बिगतमा नेपाल हिन्दू राष्ट्र थियो र भविष्यमा पनि हुनैपर्छ । यदि हामीले यसलाई त्याग्छौं भने केवल विकृति भित्रन सक्छ । विश्वका हरेक देशले आ-आफ्नो धर्म संस्कृतिको आडमा देशलाई अघि बढाउने काममा अग्रपंक्तिमा देखिएका छन् तर नेपाल भने पश्चिमाहरूको धर्म अगाल्दै अघि बढि रहेका छन् । यस्तो हुदै गर्दा नत यसले परिवर्तन ल्याउन सक्छ नत देशको विकास नै हुन सक्छ ।

कानुन भन्दा माथि धर्म संस्कृति हुनुपर्छ । देशले मान्ने धर्म जुनसुकै धर्म समुदायको किन नहोस् उसले नेपालको धर्म संस्कृति मानेको हुनुपर्छ । विश्वमा आफ्नो छवि सफल बनाउन एउटा मात्र विकल्प भनेको धर्म संस्कृति हो यस्को जग बसाल्न हिन्दू धर्म मात्र एउटा विकल्प देखिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !