७ बैशाख २०८१, शुक्रबार

मानव धर्म सेवा समितिद्वारा चार हजारलाई निःशुल्क भोजन


चिप्लेढुङ्गा, ३ जेठ । नेपाल मानव धर्म सेवा समिति पोखरा गण्डकी प्रदेशले बन्दाबन्दीका कारण समस्यामा परेका करिब चार हजार जनालाई निःशुल्क भोजन उपलब्ध गराएको छ ।

बन्दाबन्दीले मजदुरी गर्ने परिवारमा हातमुख जोर्ने समस्या देखिन थालेपछि समितिले वैशाख १५ गतेदेखि निःशुल्क भोजन वितरण शुरु गरेको आश्रमकी गण्डकी प्रदेश प्रभारी महात्मा पिताम्बरा बाइजीले जानकारी दिनुभयो । उहाँले पोखरा–२६ मा रहेको सत्लोक आश्रम र श्रीहंश सनातन मन्दिर पोखरा–११ रानीपौवाबाट दैनिकरूपमा भोजन वितरण गरिँदै आएको बताउनुभयो ।

भोजन वितरण कार्यक्रम संयोजक ओम उपाध्यायले वैशाख १५ देखि जेठ २ गतेसम्म चार हजार जनालाई भोजन वितरण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यका लागि दैनिक २० जनाले स्वयंसेवकका रूपमा सहयोग गर्दै आएका थिए । मानवीय सेवाका लागि संस्थाका सदस्य एवं सहयोगी मन भएका सङ्घसंस्था तथा व्यक्तिहरुले खाद्यान्न सामग्री उपलब्ध गराएर सहयोग गरेका थिए । विषम परिस्थितिमा केही संस्थाहले त्यहाँ पकाएको खाना समस्यामा परेका व्यक्तिलाई उनीहरुकै घर एवं बासस्थान लगेर समेत सेवा गर्दै आएको उपाध्यायले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !