७ बैशाख २०८१, शुक्रबार

२५ जना भन्दा बढी मलामी आउन नपाउने, पशुपतिको आरती भोलिदेखि बन्द हुने


पशुपतिनाथ

७ चैत, काठमाडौं । नेपाल सरकारले पशुपति आर्यघाटमा सम्भव भएसम्म २५ जना भन्दा बढी मलामी नआउन अनुरोध गरेको छ । सरकारले हिजो १ पटकमा एउटै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको छ ।

नियमित नित्य पूजा नियमित चलिरहनेछ, तर बाहिरको पशुपति आरती भने भोलिदेखि बन्द हुनेछ । मन्दिर क्षेत्रभित्र प्रवेश गर्ने यात्रुलाई हात धोएर मात्रै जाने व्यवस्था गरिएको छ भने पूजाअर्चनामा पनि विशेष सतर्कता बढाइएको छ । त्यसगरी घाटा र विद्युतीय शवदाह गृहको सरसफाइलाई पनि ध्यान पुर्‍याइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !