१३ बैशाख २०८१, बिहिबार

पाथीभरा देवीको दर्शन गर्न किन जाने ?


पाथीभरा देवी

पाथीभरा देवीको दर्शन गर्न किन जाने ? पाथीभरा देवी विश्वास, आस्था एवं पवित्रताकी देवी हुन । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ । धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । “मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्छ । पाथीभरा धाममा गर्भवती, रजस्वला भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ” भन्ने जनधारणा रहिआएको छ ।

पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभएपनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्टअ फलफूल तथा मिठाईको भोग चढाउँछन । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ । त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रशाधनका सामग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि (एक किसिमको अनिवार्य रूपमा) चढाउने गर्दछन ।

यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्टिनगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्नेरहपूर्वक ग्रहण गर्छिन् भन्नेा जनधारणा रहिआएको छ ।

पाथीभरा दर्शनका लागि पहिलेदेखि नै राजा, महाराजादेखि उच्च पदस्थ अधिकारीहरु पनि आउने गर्दथे र अहिले पनि जारी छ । हिन्दु धर्मावलम्बी मात्र होइन किराँत धर्म मान्नेहरु पनि यहाँ पुग्ने गरेका छन् । धार्मिक पर्यटन प्रर्वद्धनका हिसाबले ठुलो सम्भावना बोकेको प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर अझै पनि भौतिक पुर्वाधारको विकास र प्रचार प्रसारको पर्खाईमा रहेको छ ।

मानिसका मनको इच्छा पूरा गरिदिने विश्‍वास, आस्था, पवित्रता एवं अलौकिक शक्तिकी देवी हुन् पाथीभरा । ताप्लेजुङ जिल्लामा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको मन्दिरमा हिन्दू र बौद्ध मार्गीहरू शक्ति प्राप्तिका लागि दर्शन गर्न जाने गर्दछन् । पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीय स्थलकाे रूपमा मानिन्छ । व्यक्तिका अधुरा इच्छा एवं कामनाहरू पूरा गरिदिने शक्तिशाली भगवतीका रूपमा पाथीभरा देवीको उत्पत्ति भएको जनविश्वास अनुसार आफ्ना अपूर्ण चाहनाहरू बोकेर असंख्य नेपाली तथा भारतीयहरू पाथीभरा जाने गर्दछन् ।

यो पनि पढ्नुहोस्

हिऊले स्वर्ग झैँ सजिएको पाथीभरा (फोटो फिचर)

यस्तो छ ताप्लेजुङको प्रसिद्ध पाथीभरा देवीकाे उत्पति कथा

दर्शन गरौ मनका अधुरा इच्छा एवं कामनाहरू पूरा गरिदिने ताप्लेजुङको पाथीभरा देवी

मनको इच्छा पूरा गरिदिने विश्‍वास, आस्था, पवित्रता एवं अलौकिक शक्तिकी देवी पाथीभरा (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !