७ बैशाख २०८१, शुक्रबार

यस्तो छ ताप्लेजुङको प्रसिद्ध पाथीभरा देवीकाे उत्पति कथा


पाथीभरा देवी

यस्तो छ ताप्लेजुङको प्रसिद्ध पाथीभरा देवीकाे उत्पति कथा ! मानिसका मनको इच्छा पूरा गरिदिने विश्‍वास, आस्था, पवित्रता एवं अलौकिक शक्तिकी देवी हुन् पाथीभरा । ताप्लेजुङ जिल्लामा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको मन्दिरमा हिन्दू र बौद्ध मार्गीहरू शक्ति प्राप्तिका लागि दर्शन गर्न जाने गर्दछन् । पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीय स्थलकाे रूपमा मानिन्छ ।

पाथीभरा देवीको उत्पति सम्बन्धि थुप्रै किम्बदन्ती तथा जनश्रुतिहरू छन । भनिन्छ परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै ती गोठका बथानका बथान भेडाहरू अचानक हराए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध तथा हतप्रव भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो ।

आत्मवोध प्राप्तल गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टतपुष्टग भेडाको थुम्बा बलि दिए । बलि के दिनु थियो ती हराएका सयकडौं भेडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे त्यो भन्दा आश्चेर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराए झैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चार्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे ।

यहाँ स्मरणीय कुरा के छ भने पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत हराएको, सीमित रहेको जो कोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन । देवीमा चढाईएको बलि संख्यालाई दृष्टिनगत गर्दा यहाँ रगतको पोखरी जम्नु पर्थ्यो तर त्यसो हुँदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरूले चढाएको बलि स्नेरहपूर्वक ग्रहण गर्छिन् भन्नेा जनधारणा रहिआएको छ ।

पाथीभरा देवीका लागि पशु बली अनिवार्य नभए पनि बली चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरु देवीलाई फलफूल तथा मिठाइको भोग चढाउँछन् । पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीकका रुपमा मानिन्छ । त्यसैले सबै किसिमका भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँइयो, आदि अनिवार्य रुपमा चढाउने गर्दछन् । त्यस्तै पाथीभरा देवीको दर्शनका लागि साउन महिना बाहेक सबै महिना उपयुक्त मानिन्छ ।

ॐ जयंती मंगला काली भद्रकाली कपालिनी ,
दुर्गा क्षमा शिवधात्री स्वाहा, स्वधा, नमस्तुते !!

ॐ सर्व मंगल मांगल्ये शिवे सर्वार्थ साधिके,
शरण्ये त्रियम्बके गौरी नारायणी नमोस्तुते !!

ॐ सर्ब स्वोरुपे सर्बेसे सेर्बे शक्ति समन्बिते,
भयम्यस्त्राही नो देबी दुर्गे देबी नमस्तुते !!

ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया,
सर्वे भद्राणी पश्यन्तु माँ कश्चित् दुःख भाग्य भवेत् !!

मनोआकांक्षा पुरा गर्ने आस्था तथा बिश्वासकी देबी श्री पाथीभरा माताले हामी सबैको रक्षा गरुन ! श्री पाथीभरा माताको चरण कमलमा कोटी कोटी प्रणाम ! ॐ श्री पाथीभरा माताको आशिर्बाद सदा प्राप्त भईरहोस, ॐ श्री पाथीभरा माताकी जय जय जय जय जय !!!!!

यो पनि पढ्नुहोस्

हिऊले स्वर्ग झैँ सजिएको पाथीभरा (फोटो फिचर)

दर्शन गरौ मनका अधुरा इच्छा एवं कामनाहरू पूरा गरिदिने ताप्लेजुङको पाथीभरा देवी

मनको इच्छा पूरा गरिदिने विश्‍वास, आस्था, पवित्रता एवं अलौकिक शक्तिकी देवी पाथीभरा (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !