१३ बैशाख २०८१, बिहिबार

अष्टचिरञ्जीवी पूजा गर्दा चाहिने आवश्यक पूजा सामानहरु


अष्टचिरञ्जीवी पूजा

अष्टचिरञ्जीवी पूजा गर्दा चाहिने आवश्यक पूजा सामानहरु  ! हिन्दु धर्म अनुसार अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय गरी ८ जनालाई अष्टचिरञ्जीवी हुन् । जन्मतिथिमा बिहान सबेरै उठी नित्यकर्म सकी स्नान गरी शुद्ध वस्त्र लगाई दीप–कलश–गणेशसहित मार्कण्डेय आदि अष्टचिरञ्जीवीकोे पूजा गर्ने विधान छ। उमेर र कर्मले दीर्घजीवी भएका महापुरुषहरूको पूजाआराधना गर्ने अर्थात् उनीहरूको सम्झना गर्ने परम्परा पनि छ। उनीहरूको आराधनाबाट त्यस्तै गुण आफूमा पनि आओस् भन्ने उद्देश्य हो । आध्यात्मिक रूपमा उनीहरूको कृपा आफूमा भइरहोस् भन्ने हो। अष्टचिरञ्जीवी को को हुन् भन्ने बारेमा यस्तो श्लोक रहेको छ :

अश्वत्थामा बलिव्र्यासो हनूमांश्च विभीषण:।

कृप: परशुरामश्च सप्तएतै चिरजीविन:॥

सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम्।

जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जित।।

अष्टचिरञ्जीवी पूजा गर्दा चाहिने आवश्यक पूजा सामानहरु

१. केशरी
२. अवीर
३. सिन्दूर
४. जौ, तिल
५. धूप
६. कपूर
७. बत्ती
८. तिलकोतेल
९. पञ्चपल्लव
१०.पञ्चरत्न
११. सर्वोषधी
१२. सिंगोसुपारी
१५. गोटा
१३. जनै जोर १०
१४. धान १ भाग (टपरीमा)
१५. चामल ३ भाग (टपरीमा)
१६. पूर्णपात्र १ भाग (वोता वा टपरीमा)
१७. वस्त्र रातो सेतो आधा आधा मिटर, पहेलो कपडा
१८. अष्टचिरञ्जीवीलाई वस्त्र,
१९. रायो सर्सियूँ
२०. गोकुलधूप
२१. सस्र्यु
२२. कुँकुँ धूप
२३. गोलोचन
२४. पञ्चामृत
२५. नीमकोपात
२६. फूल, दूबो
२७. नरिवल,
२८. फलफूल
२९. मिष्ठान्न, पक्वान्न
३०. पान मशला
३१. दही, च्यूरा
३२. सौभाग्य
३३. काँचोधागो आदि
३४. पञ्चामृत – दूध, दही, घ्यू, मह, सखर वा चिनी
पूजा भाडामा— पञ्चपात्र आचमनी, अघ्र्य, कर्मपात्र, तामाको कलश सानो १ ठूलो १ । पूजाको लागि पञ्चपाला, तामाको थाली– १, शत्र, घन्ट आदि ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !