४ बैशाख २०८१, मंगलबार

शिवजीलाई प्रशन्न गराउन भक्तहरूले जान्नुपर्ने उपायहरू


भगवान् शिव
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

शिवजीलाई प्रशन्न गराउन भक्तहरूले जान्नुपर्ने उपायहरू । शिव हिन्दू धर्मका प्रमुख देवताहरूमध्ये एक हुन्। भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ । शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वरको रुप हो । वेदमा यिनको नाम रुद्र भनिएको छ । यिनी व्यक्तिको चेतनाको अन्तर्यामी छन् ।  हिन्दू धर्मका विभिन्न सम्प्रदायहरूमध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् । शिवलाई प्रायःजसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ ।

यदि तपाईं भगवान शिवको आशिर्वाद प्राप्त गर्न इच्छुक हुनुहुन्छ वा शिवलाई खुशी बनाउन इच्छा छ भने यो विधि अपनाउन म हार्दिक आग्रह गर्दछु । पुजा गर्दा कुन चिजले केका लागि पुजा गर्नाले के फल पाउन सकिन्छ जानौं ।

शिव हिन्दू धर्मका प्रमुख देवताहरूमध्ये एक हुन्। भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ । शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वरको रुप हो । वेदमा यिनको नाम रुद्र भनिएको छ ।

शिवजीलाई प्रशन्न गराउन भक्तहरूले जान्नुपर्ने उपायहरू

१. दुवोले पुजा गर्दा आयु बढ्दछ ।

२. धतूराको फूलले पुजा गर्नाले पुत्र प्राप्त हुनुको साथै ज्ञानी धर्मात्मा सन्तानको आगमन हुन्छ ।

३. बेलपत्रले पुजा गर्नाले पापको नाश हुन्छ ।

४. दूधको धार भगवान शिवलाई चढाउनाले धन सम्पत्ति बढ्दै जाने काममा मन लाग्नेछ ।

५. उखुको रसले शिवको पूजा गर्नाले घरमा खुशीको बास हुनेछ नसोचेको प्रगति हुदै जानेछ ।

६. महको धारले शिवको पुजन गर्नाले धनधान्य र सम्पत्ति बढ्दै जानेछ ।

यो पनि पढनुहोस्

भगवान शिवजीको महिमाको कथा

यस्ता छन् भगवान शिवको १०८ नामहरु

महाशिवरात्री र भगवान् श्री पशुपतिनाथको महत्व

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !