४ बैशाख २०८१, मंगलबार

पुजा होइन गर्नुपर्छ आराधना


सोमबार
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज हिन्दू धर्मप्रति विश्वका मानिसहरूको झुकाब बढ्दैछ । धर्म मान्ने तरिकामा भरपर्छ । हामीले बाबु-आमाले दिएको संस्कारमा जे जस्तो सिकाउनुभयो त्यही मुताविक गर्दै आएका छौं । नेपालीले २४ कोटी बाउन्न अवतार भगवानको पुजा गर्ने गरेको मान्यता छ ।

समय परिवर्तन भई सकेको छ । भगवानको रूप हजारौं भएपनि हामीले हाँगाको रूपमा पुजा गर्ने तरिकालाई परिमार्जन गर्दै सिंगो शिवको आराधनामा सिंगो राष्ट्रलाई नै सामुहिक आराधना गर्ने र प्रबचन दिने काम गर्नुपर्ने देखिएको छ । हरेक राष्ट्रले आफ्नो धर्म-संस्कृति मान्ने गरेको हुन्छ ।

हिन्दू धर्मका जड भनेकै शिव हुन शिवको आराधना गरेमा देशमा एकताको जग बलियो हुदै जानेछ । दैनिक आधा घण्टा हप्तामा एकपटक अनिवार्य टोल-टोलमा जम्मा भएर आराधना गर्ने गरेमा सवै जम्मा हुने माध्यम तयार हुन थाल्नेछ । यसरी जम्मा हुनाले थुप्रै समस्याको आदान-प्रदान हुनाले सबैको समस्या बुझ्नाले देशको विकासमा पनि थप टेवा पुग्ने देखिन्छ ।

क्रिश्चियनको भनौं या मुस्लिमको भनौं सवै आराधना गर्ने र गुरूको सामिप्यमा रहेर पुजा आराधना गरेको पाइन्छ । हिन्दु धर्ममा पनि ॐ र वेद गिताको पाठ गर्ने गर्दा रोग व्यादि समेत नलाग्ने लागेमा पनि चाँडो निको हुने भनेको छ ।

यसरी भजन गर्ने गर्दा एक आपसमा विश्वासको जग बलियो हुदै जाने देखिन्छ । देशका महामहिमहरूले यस्ता विषयमा गहन अध्ययन गरेर देशमा एकताको वातावरण तयार गर्नु पर्ने समय आएको छ । धर्म संस्कृति नमान्ने स्वदेशी होस् या विदेशी जो सुकै किन नहोस् कडाइ साथ सरकार प्रस्तुत भएमा ठिक हुनेछ ।

यो पनि पढनुहोस्

भगवानको खोजी

योगको महत्व र आवश्यकता

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !