१३ बैशाख २०८१, बिहिबार

भगवानको खोजी


भगवान
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

एकजना भगवानको खोजीमा निस्कनु भएछ । जाँदा जाँदा उहाँलाई थकाई लागेछ । थकाई मेट्न लाग्दा एउटा चराको जोडीले आफ्नो बच्चालाई चारो खुवाएको हेर्नु भयो । पछि थकाई मेटिएपछि अघि बढ्दै जानुभयो । जाँदा जाँदा घोर जंगलमा पुग्नु भयो त्यहाँ पनि पशुपन्छीले आफ्ना बच्चाहरूलाई खाना खुवाएको दृष्य देख्नु भयो । सोच्न थाल्नु भयो भगवान खोज्न हिडेको थुप्रै दिन भइसके अहिलेसम्म भगवानको दर्शन हुन सकिरहेको छैन अझ कति समय लाग्ने हो भन्दै अघि बढ्न थाल्नु भएछ । अलि पर पुगेपछि मानिसको झुण्ड भेट्नु भयो त्यहाँ पनि आफ्नो बच्चालाई दुध खुवाएको देख्नु भयो ।

यो देखेपछि वहाको मनमा एउटा नयाँ कुराले जन्म लिएछ । हिजो म कहाँ थिए र आज कहाँ छु मलाई जन्म दिनुको उद्धेश्य के थियो भन्नेतर्फ सोच्न थाल्नु भएछ । यतिकैमा रात पर्न थालेछ । त्यस दिन उहाँले जन्मदाता भन्दा ठूलो भगवान को होला भन्ने तर्फ सोच्न थाल्नु भएछ ।

यो धर्तीमा न भगवान छन् नत थिए सवैभन्दा ठूलो भगवान त माता पिता रहेछन् किनभने जन्म दिदाको पिडा सन्तानलाई के थाहा जन्म दिएर मात्र भएन सकि नसकी भएपनि बच्चा हुर्काउने चिन्ता मानिसलाई मात्र रहेनछ । एउटा पशुले पनि बच्चा पाएपछि हुर्काउन टाढा पुगेर चारो ल्याएर सन्तान पाल्नुको पिडा हेर्दा बल्ल उहाँको आँखा खुलेर आएछ ।

भगवान भनेका माता पिता हुन यो धर्तीमा जन्म दिएर जुन बाटो देखाउनु भएको छ उहाँ भन्दा ठूलो साथी मार्गदर्शक जीवनका पालनहार साक्षात भगवानको दर्शन हामीले जुन दिनदेखि हाम्रो जन्म भएको थियो त्यही दिन देखि आजसम्म हामीले जन्मदाताको रूपमा हेर्दै आएका छौं ।

जन्मेर मातापिताको सेवा नगर्ने सत्कार गर्न नजान्ने मानिस पशु हो । माता पिताको सेवा गर्नुपर्छ । धर्मको लागि मन्दिर धाउन कुनै आवश्यक छैन । जन्मदेखि मृत्युसम्म मायाको स्थान तल हुन्छ । हामीले हाम्रो सन्तानलाई माया गर्नुपर्छ तर सन्तान भन्दा अझ ठूला मातापिता हुन यो चर्खा त चल्दै जानेछ । दिनपछि रात यो त प्रकृतिको नियम हो यो कुरा हामीले भुल्नु हुदैन ।

यसरी भगवानको खोजी अन्त गर्दै माता पिताको सेवा सत्कारमा लाग्नु भएछ । यो धर्तीमा माता-पिता सासु-ससुरा र गुरू-गुरूआमा भन्दा ठूलो भगवान कोही छैन ग्यान दिने गुरू बाटो देखाउने माता-पिता बंश धान्न पठाउने सासु-ससुरा भन्दा ठूलो भगवान यो धर्तीमा कोही छैन ।

यो पनि पढनुहोस्

के भगवान छन् त ?

ॐ को अर्थ र मानव स्वास्थ्यमा यसको प्रयोग

धर्म संस्कृति मान्न आफुमा हुनुपर्छ विश्वासको जग बलियो

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !