१३ बैशाख २०८१, बिहिबार

श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचलको प्रचार-प्रसार तीब्र


श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल

पुस २१, नवलपरासी । नवलपरासी-२१ तमसरिया ७, मध्येविन्दु नगरपालिका अन्तर्गत आज नवजागरण बहुमुखी क्याम्पसमा हुन गइरहेको श्रीमद्भागवत पितृमोक्ष एवं धनधान्याचल विराट ज्ञानमहायमाज्ञ-२०७६ को लागि आज बजार क्षेत्रमा प्रचार-प्रसार कार्यक्रम तिब्रताका साथ अघि बढेको देखिएको छ ।

श्रीमद्भागवत पितृमोक्ष एवं धनधान्याचल विराट ज्ञानमहायमाज्ञ-२०७६ यही पौष २७ गते देखि माघ ६ सम्म हुने भएकोले यसको प्रचार-प्रसार नाचगान बाजा गाजा सहित प्रचार सुरु भएको र उक्त जानकारी हामीलाई प्राप्त भएको थियो ।

यसवाट प्राप्त रकमबाट क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वसुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न पितृ मोक्ष धनधान्याचलको आयोजना गरिएको मुल आयोजक समितिले बताएको छ ।

धनधान्याचलबाट करिब १५ करोड संकलन गर्ने लक्ष्य राखेकोमा २ करोड रुपैयाका लागि यज्ञ सुरु हुनुपुर्ब नै दाता तयार भएको मुल आयोजक समितिले जनाएको छ । शैक्षिक क्षेत्रमा गरिएको लगानिलाई सबैले साथ र सर्मथन गर्नुपर्ने देखिएको छ । यस पितृ मोक्ष धनधान्याचललाई सवैको सहयोगका लागि क्याम्पस व्यबस्थापन समितिले अपिल गरेको छ । यज्ञमा केदारनाथका पिठाधिश जगतगुरु सिवाचार्यद्वारा पितृ मोक्षका लागि पुजाको समेत ब्यवस्था गरिएको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !