१३ बैशाख २०८१, बिहिबार

आज योमरी पुन्ही अर्थात् ज्यापु दिवस मनाइदै


योमरी पुन्ही अर्थात् ज्यापु दिवस Newar community participate with big Yomari to mark Jyapu Diwas as known as “ Yomari Punhe” at Kasthamandap in Kathmandu on Friday, December 25, 2015. Photo: Dinesh Gole/Nagarik/Republica

आज नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) मनाइदैछ । मंसीर पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । तर नेपालभाषी समुदायमा यस दिन योमरी (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले पकाइएको रोटी) पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो महत्वपूर्ण मानिन्छ । यस पूर्णिमालाई नेपाल भाषामा थिल्ला पुन्ही पनि भनिन्छ। यस दिन चामलको पीठो र चाकु तथा तिलको मिश्रण राखिएको विशेष प्रकारको योमरी खाने भएकोले यसलाई योमरी पुन्ही पनि भनिन्छ।

देशभरका नेपालभाषी योमरी बनाएर देवदेवीलाई चढाइसकेपछि प्रसादको रुपमा आफूहरु पनि खान्छन्। तैपनि यो पुन्ही एकदिनमात्र मनाइँदैन। योमरी पुन्हीको भोलिपल्ट नेपालभाषीहरु आफ्ना नातागोता, छोरी, छोरीज्वाइँलाई घर बोलाएर योमरीसहितको भोज खुवाउने गर्छन्।

जुन अरु पुन्हीमा यस प्रकारको भोज खुवाउने गरिँदैन । त्यसैले यस पुन्ही नेपालभाषी समुदायमा अत्यन्त महत्वपूर्ण एवं ठूलो पुन्हीको रुपमा लिइने गरिन्छ । धेरै भित्ते पात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर खासमा भोली बिहिबार सरकारले सार्वजनिक विदा दिएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !