१३ बैशाख २०८१, बिहिबार

आज महागौरीको पूजा गरी महाअष्टमी मनाइँदै


महागौरी

काठमाडौं, कार्तिक ८ । आज नवरात्रको आठौ दिन महागौरीको पूजा गरी महाअष्टमी मनाइँदैछ । नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ ।

अष्टमीको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधिअनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ । गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा साना साना ढुंगाहरुलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

घटस्थापनाको दिन वैदिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा आज विधिपूर्वक पूजा अर्चना गरिने भएकाले आजको दिन शक्तिपीठ, दशैंघर अनि मन्दिरमा विशेष घुइँचो रहन्छ । आज मध्यरात अर्थात् नवमीको सुरुवातमा देवीहरुको विशेष पूजा अनुष्ठान गरिन्छ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरुको पूजाअर्चना समेत विधिविधान अनुसार गरिन्छ । महागौरीलाई वैज्ञानिक दृष्टिले Light अर्थात् प्रकाश शक्तिको स्वरूप मानिन्छ ।

यो पनि पढ्नुहोस्  

आज नवरात्रको सातौ दिन कालरात्रिको पूजा आराधना गरिदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !