१२ बैशाख २०८१, बुधबार

शिख धर्मको संरक्षण गर्नु सबैको दायित्व : मुख्यमन्त्री


शङ्कर पोखरेल

७ मङ्सिर, रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिको संरक्षण गर्नु सबैको दायित्व र कर्तव्य भएको बताउनुभएको छ ।

श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले काठमाडौँका विभिन्न स्थानमा रहेका प्राचीन गुरु नानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेका र पूरै भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका हस्तलिखित गुरुग्रन्थ काठमाडाँैका मठ मन्दिरमा रहनु गौरवको विषय भएको बताउनुभयो ।

नेपाल सांस्कृतिक विविधतायुक्त मुलुक रहेको बताउँदै उहाँले धार्मिक र सांस्कृतिक विविधताले रङ्गिएको मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको उल्लेख गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !