१३ बैशाख २०८१, बिहिबार

चाडपर्वले सामाजिक सद्भाव वृद्धि गर्छ : मन्त्री सोनल


प्रदेश नं २

२४ कात्तिक, पर्सा । प्रदेश नं २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले समाजमा सौहाद्रता बढाउन चाडपर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभएको छ । चौरसिया सेवा समिति पर्साले आज वीरगञ्जमा आयोजना गरेको दिपावली तथा छठ पर्र्वको शुभकामना अदानप्रदान कार्याक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले दशँै, तिहार र छठजस्ता पर्वले समाजमा भाइचारा तथा सौहाद्रता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयोे ।

छठ पर्वको शुभकामना दिँदै मन्त्री सोनलले जातको आधारमा विभेद् गर्न नहुने र सबै मानव समान रहेको सन्देश छठ पर्वले दिएको छ भन्नुभयो । उहाँले छठ पर्वका अवसरमा प्रदेश सरकारले पहिलोपटक दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको जानकारी दिनुभयो ।

चौरसिया समाज पर्साका अध्यक्ष रामाकान्त चौरसियाको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रमलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसिया, नेपाल पत्रकार महसङ्घ प्रदेश नं २ का अध्यक्ष दिपेन्द्र चौहानलगायतका वक्ताले सम्बोधन गर्दै सामाजिक सद्भावले नै व्यक्ति तथा राष्ट्रको उन्नति सम्भव हुने बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !