१२ बैशाख २०८१, बुधबार

आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिदै


चन्द्रघण्टा

काठमाडौं । आज नवरात्रको तेस्रो दिन नवदुर्गा मध्ये तेस्रो देवी शक्ति स्वरुपा चन्द्रघण्टाको पूजा गरिदैछ । चन्द्रघण्टा देवीको घण्टाको आकारको चन्द्रमाद्वारा मस्तक सुशोभित भएको र दश हात भएर सिंहमा बसेर युद्ध गर्न जान तयार भएर राक्षसलाई नाश गर्न उत्सुक हुँदै घण्टा बजाउँदै गरेको देवीको रूप चन्द्रघण्टा नामले पूजित छ ।

चन्द्रघण्टाको आराधना गर्नाले सबै प्रकारको दुःख, कष्ट नाश हुने र सबै प्रकारको बाधा हट्ने जनविश्वास छ । चन्द्रघण्टालाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् । चन्द्रघण्टालाई विशेषगरी दुधको परिकार प्रिय छ । चन्द्रघण्टालाई वैज्ञानिक दृष्टिले Sound अर्थात् सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ ।

देशभर रहेका देवीका मन्दिरमा आज बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ । काठमाडौंको दक्षिणकाली, गोरखाको मनकामना, हेटौंडाको चुरियामाई र भुटनदेवी लगायतका भगवतीका मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरुको ठूलो भीड लागेको छ । प्रतिपदादेखि पूर्णिमासम्म शक्ति स्वरुपा दुर्गा भवानीलाई शैल पुत्री, ब्रम्हचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाको नामले पनि परिचित छ ।

यो पनि पढ्नुहोस्  

आज नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !