१२ बैशाख २०८१, बुधबार

थाहा पाइराख्नुस् शनिका अशुभ संकेत !


shani

ज्योतिषशास्त्रका अनुसार हाम्रो जीवन ग्रहको आधारमा चल्छ । हाम्रो जीवनमा हुने हरेक घटनामा ग्रहको प्रभाव हुन्छ ।

अफ्ठ्यारो भनिएको शनि ग्रहको स्थानान्तरणसँगै मानिसको जीवनमा परिवर्तन हुने सम्भावना हुन्छ । शनि अशुभ भएका राशिका ब्यक्तिलाई विभिन्न संकेत देखिने ज्योतिष शास्त्रको भनाइ छ ।

थाहा पाइराख्नुस् शनिका अशुभ संकेत :

  • शनि प्रतिकुल भएपछि मानिसमा नराम्रा कुराप्रति बढी ध्यान जाने हुन्छ, कुसंगति, नशा वा परस्त्री वा परपुरुष गमन तर्फ मात्र मन लाग्यो भनेपनि शनि प्रतिकुल भएको बुझ्नु पर्छ । यस्ता ब्यक्तिको धन र ब्यक्तित्वमा समेत नकारात्मक प्रभाव पर्न सक्छ ।
  • शनि प्रतिकुल भएमा सदैव आलस्य हुने र कुनै काम गर्न जाँगर नलाग्ने हुन्छ । यस्ता ब्यक्तिको अनुहारमा थकान, तनाव देखिन्छ ।
  • जुत्ता-चप्पल चुँड्ने वा च्यातिने भैराख्नु पनि शनि प्रतिकुल भएको लक्षण हो ।
  • शनि विपरीत भएमा आँखा पोल्ने वा कमजोर हुने, कमर दुख्ने जस्ता लक्षण देखिन्छन् ।
  • यदि कुनै विद्यार्थीको जीवनमा शनि प्रतिकुल भएमा पढाइमा मन नलाग्ने र असफलता हात लाग्छ ।
  • विवाह हुनासाथ ससुरालीको घरमा आर्थिक क्षति भयो भने शनि सकारात्मक छैन भन्ने बुझ्नुस् ।
  • यदि तपाइ घर बनाउँदै हुनुहुन्छ र भनेको जसरी काम नहुने र अनेक अवरोध आउने भएपनि बुझ्नुस् शनि प्रतिकूल छ ।
  • साना साना कुरामा समेत झगडा हुने र तनावको अवस्था पनि शनि प्रतिकुल भएको लक्षण हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !