११ बैशाख २०८१, मंगलबार

उपसभामुख र उपाध्यक्षद्वारा तीजको शुभकामना


शिवमाया तुम्बाहाम्फे

२७ भदौ, काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले हिन्दू महिलाको महान् पर्व तीजको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिलामा सुख, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

उपसभामुख तुम्बाहाङ्फेले पौराणिककालदेखि नै मनाइँदै आएको तीज पर्वले नेपालीबीचको सांस्कृतिक र सामाजिक एकतालाई अझै बलियो बनाउने उल्लेख गर्नुभएको छ ।

‘विविधताबीचको एकता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता नेपालीको परिचय हो’, शुभकामना सन्देशमा भनिएको छ, “यति हुँदाहुँदै पनि नेपाली मौलिक चाडपर्व विस्तारै समयानुकूल संशोधित र परिमार्जित हुँदै आएका छन् ।”

उपाध्यक्ष दाहालले तीजसहित तराई–मधेशमा मनाइने जितिया पर्वको अवसरमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !