८ बैशाख २०८१, शनिबार

हजयात्री बिदाइ


Nepalpatra

१५ साउन, विराटनगर । मुस्लिम धर्मावलम्बीको सबै भन्दा ठूलो तीर्थस्थल साउदी अरबको मक्कामदिनामा हज गर्न जानका लागि आज मोरङबाट २६ जनालाई बिदाइ गरिएको छ ।

कौमी एकता समाज नेपालले आज यहाँ गरेको कार्यक्रममा प्रदेशसभा सदस्य जयराम यादव, समाजका अध्यक्ष इर्साद अन्सारी र उपाध्यक्ष मोहम्मद नसरुलले हजयात्रीलाई बिदाई गर्नुभयो । मोरङबाट १४ पुरुष र १२ महिला सहभागी छन् । साउन १७ गते हजयात्री काठमाडौंबाट साउदी अरब प्रस्थान गर्ने कार्यक्रम छ ।

हजयात्रीलाई गृह मन्त्रालय मातहतको हज समितिले संयोजन गरिरहेको छ । इस्लामधर्मका पाँच आधार स्तम्भमध्ये हजलाई मुख्य मानिन्छ । प्रत्येक मुसलमानको जीवनसँग हज गर्नु धार्मिक एवं ठूलो पुण्य प्राप्ति हुने र जीवनको सफलतासँग गाँसिएको हुन्छ ।

हजयात्रामा गएका तीर्थालुले बकर इदको दुई दिन अगाडि साउदी अरबको मक्कादेखि पाँच किलोमिटर पूर्वको मीना मैदानमा भेला भएर इद–अल–अधा पर्व मनाउँछन् । बाँकी दुई दिन मक्काको भब्य मदिना मस्जिदमा नमाज एवं प्रार्थना गरी हज मनाउँछन् ।

हज गरेर आउने मुसलमानलाई हाजी उपनामले सम्मानपूर्वक बोलाइने गरिन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !