२२ कार्तिक २०८२, शनिबार

भक्तपुर बालकोट अधिकारी टोलमा श्रीमद्भागवत सप्ताह जारी


भक्तपुर बालकोट अधिकारी टोलमा श्रीमद्भागवत सप्ताह जारी

भक्तपुर । भक्तपुरको बालकोट अधिकारी टोलमा श्रीमद्भागवत सप्ताह जारी रहेको छ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका-३ बालकोटस्थित अधिकारी टोलमा सलम्पाखा अधिकारी गाउँटोल सुधार समाजको आयोजनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ पाठपरायण एवं अमृतमय कथावाचनमा जारी रहेको हो ।

फागुन १९ गते बिहान ९ बजे पूर्वांङ्ग कलश यात्रा गरी बिहानै ११:३० बजे उक्त श्रीमद्भागवत सप्ताहको उद्घाटन गरिएको थियो भने फागुन २० गतेदेखि सुरु भएर फागुन २६ गतेसम्म हुने कथा वाचनमा सरिक भई भागवत रुपी अमृत रसपान गरी पुण्यलाभ गर्नुहुन आयोजकले निमन्त्रणा गरेका हुन् ।

जारी श्रीमद्भागवत सप्ताहमा बिहान ८ बजेदेखि १२ बजेसम्म, मध्यान्ह १२ बजेदेखि १ बजेसम्म, दिउँसो १ बजेदेखि ४ बजेसम्म कथा वाचन हुने आयोजकले जनाएका छन् । यस्तै फागुन २६ गते दिउँसो ३ बजे तिलार्पण हुने र २७ गते दिउँसो २ बजे पूर्णाहुती र सप्ताह समापन हुने भएको छ ।

सलम्पाखा अधिकारी गाउँ टोलमा सार्वजनिक जमिन खरिद एवम् भवन निर्माणार्थ हेतु उक्त टोलवासीको सतसङ्कल्पमा पं. जर्नादन पौडेलको मुखार बृन्दबाट संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ पाठपरायण एवं अमृतमय कथावाचन जारी रहेको हो ।

भक्तपुर बालकोट अधिकारी टोलमा श्रीमद्भागवत सप्ताह जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !