७ बैशाख २०८१, शुक्रबार

नौवटा ताला फोडेर बालकुमारी मन्दिरको मूर्ति चोरी


मूर्ति चोरी

काठमाडौं । सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ । प्रहरीका अनुसार पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति चोरी भएको हो ।

प्रहरीका अनुसार मन्दिरका पुजारी आज बिहान नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । मन्दिरभित्र प्रवेश गर्न चारवटा गेट क्रस गर्नुपर्छ, नौवटा ताला फोडेर मूर्ति चोरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !