बडादशैंमा जमरा नै किन लगाइन्छ ? यस्तो छ कारण Nepalpatra बडादशैंमा जमरा नै किन लगाइन्छ ? यस्तो छ कारण
४ कार्तिक २०७८, बिहिबार

बडादशैंमा जमरा नै किन लगाइन्छ ? यस्तो छ कारण


टीकाको उत्तम शुभसाइत

नेपालीहरूको महान् चाड बडादशैंको दशौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ ।

बडादशैं भन्नेबित्तिकै रातो टीका र पहेँलो जमरा सँगसँगै जोडिएर आई हाल्छ । मानिसहरू सम्भव भएसम्म आफैंले विधिपूर्वक जमरा राख्छन्, नभए सामूहिक वा बजारबाट किनेर भए पनि पहेँलो जमरा लगाउँछन् ।

तर, जमरा नै किन ? अरू वनस्पतिले किन काम चल्दैन ? भन्ने बारेमा जान्नु आवश्यक छ । सदियौंदेखि बडादशैंमा जमराको आँकुरा पलाइरहँदा यसको आफ्नै इतिहास ओझेल परेको छ । जौ भनेको पहिलोपटक खेती गरिएको अन्नबाली हो ।

बडादशैंमा जमरा लगाउनुको पछाडि कुनै न कुनै वैज्ञानिक आधार रहेको प्रष्ट हुन्छ । हाम्रा पुर्खाले जमराको प्रयोग किन गरे भनेर खोजी गर्न थालेपछि जौमा औषधीय गुण भएकोले नै हुनसक्छ । जौको कलिलो मुना वा जमरामा औषधीय गुण हुन्छ ।

हिन्दु ग्रन्थहरूमा जौलाई अन्नको राजा पनि भनिएको छ । जौमा भएको पौष्टिक तत्व अरू अन्नको तुलनामा बढी हुनाले बिरामी हुँदा पनि यसको पिठो र परिकार खुवाउने चलन छ । यस्ता विविध विशेषताका कारण जौको महत्व जोगाइराख्न पूजाअर्चना गर्ने र शिरमा लगाउने गरिएको हो ।

सामान्यतया ७ दिनभित्रको जमरा उपयुक्त हुन्छ । संस्कृतमा यसलाई ‘यवरस’ भनिन्छ । ७ दिनभित्रको जमराको जुस आन्तरिक र नसर्ने रोगका निम्ति लाभदायक हुने विज्ञानले समेत पुष्टि गरेको छ ।

नयाँ-नयाँ अन्नको आविष्कारसँगै जौको खेती कम हुन थालेको छ । त्यसैले, अचेल जौको सट्टा गहुँ वा मकैको बिरुवालाई पनि जमराका रूपमा प्रयोग गर्न थालेको पाइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !