१३ बैशाख २०८१, बिहिबार

होलीमा के गर्ने, के नगर्ने ?


फागु पूर्णिमा_होली

होलीमा के गर्ने, के नगर्ने ? होली अर्थात रंगहरुको उत्सव अर्थात फागु पूर्णिमा भोली मनाइँदैछ । काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा होली मनाइदैछ भने तराईमा भने भोली होली मनाइदैछ । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात फागु पूर्णिमाको दिन मनाइन्छ । यसको आफ्नै सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक महत्व छ । खासमा होलीलाई रंगहरुको पर्व भनिन्छ । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।  यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।

 

होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

त्रेता यूगमा भगवान विष्णु का परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त हुन्छ ।

होलीमा के गर्ने ?

  • सफा पानी र गुणस्तरीय अबिर को व्यवस्था गरौं,
  • छुट्टै पहिरन लगाऔं । सकेसम्म पूरै शरीर ढाक्ने पहिरनको प्रयोग गरौं,
  • रंगको असरबाट छालालाई जोगाउन हात, मुख धोएर कपडाले नछोपिएको अंगमा क्रिम लगाऔं,
  • केसमा तेल या क्रिम लगाउनु राम्रो हुन्छ साथै महिलाले केस बाँध्नु राम्रो हुन्छ ।
  • साथीहरू, आफन्त र नातेदार आपसमा मिलेर पर्वलाई उत्सवको रूपमा मनाउने गरौं,

होलीमा के नगर्ने ?

  • फोहोर तथा ढलको पानी प्रयोग नगर्ने,
  • लोला तथा अन्य केमिकल रंगको प्रयोग नगर्ने,
  • जबर्जस्ती बाटो हिड्ने बटुवालाई असर हुने गरी होली नखेल्ने,
  • होहल्ला तथा झैँ-झगडा नगर्ने,
  • धुम्रपान तथा मद्यपानको प्रयोग नगर्ने,
  • सडक आगमन अवरोध हुने गरी सडकमा होली नखेल्ने,

रंगहरुको उत्सवले सम्पूर्ण नेपालीमा खुसी र उल्लास ल्याउन सकोस, सभ्य र भव्य तरिकाले होलीलाई स्वागत गरौं ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !