१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीबाट पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकन


प्रधानमन्त्री ओलीबाट पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकन

काठमाडौँ । रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा स्थापित राष्ट्र निर्माता पृथ्वीनारायण शाह अध्ययन केन्द्रको आज अवलोकन गर्नुभएको छ ।

राष्ट्रिय एकता दिवसका अवसरमा गत पुस २७ गते स्थापना भएको उक्त केन्द्र राष्ट्र निर्माता र नेपाल एकीकरणबारे अध्ययन र शोध गर्न चाहने विद्यार्थी एवं अनुसन्धानकर्ताका लागि खुला गरिएको छ । राष्ट्र निर्माता र नेपालको एकीकरणको इतिहास एकैथलोबाट अध्ययन र अनुसन्धान गराउने लक्ष्यका साथ उक्त केन्द्र स्थापना गरिएको हो ।

मुलुकभित्र र बाहिरका सम्पूर्ण देशप्रेमी र इतिहासँग सम्बन्धित व्यक्ति, इतिहास जान्न इच्छा राख्नेले पृथ्वीनारायण शाह र एकीकरणसम्बन्धी प्रकाशित वा अप्रकाशित कुनै पन तथ्यपरक सामग्री उक्त केन्द्रमा उपलब्ध हुने छ ।

केन्द्रमा शाहवंशीय वंशवृक्ष, राष्ट्र निर्माताको ५२ हातको हस्तलिखित जन्मकुण्डली र युद्धका लागि निकालिएका शुभसाइतसम्बन्धी जानकारी पुस्तकलगायत सामग्री राखिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !